सवारी दुर्घटनामा दुई जनाको मृत्यु

0
594

बिराटनगर ।

मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको उर्लावारी नगरपालिका–७ मा बुधवार राती भेन र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र विपरीत दिशा तर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय पवन लिम्बुको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

उता सुनसरीको कोशी गाउँपालिका-३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर एक जनाको मृत्यु छ । उखु लोड गरी डोरीले बाध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० बर्षीय कुमार उरावको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here