महिला जागरण संघ पाँचथरद्वारा मिक्लाजुङका १०० घरपरिवारलाई राहत

0
496

युद्धबहादुर बोहोरा,
पाँचथरः

महिला जागरण संघ,पाँचथरद्वारा मिक्लाजुङ गाउँपालिका भित्रका एक सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।

गत कार्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट प्रभावित भएका घरपरिवारलाई वडा कार्यालयको समन्वयमा लत्ताकपडा सहित खाध्यन्न सामाग्री हस्तान्तरण गरिएको हो ।

संघका कोषाध्यक्ष बिष्णु चेम्जोङ र सदस्य ज्योति भण्डारीले पालिकाको आठ वटै वडामा पुगेर पीडित परिवारलाई स्थलगत राहत वितरणमा सहजिकरण गरेको साथै संस्था नवीकरणको प्रकृयामा केही समय लागेका कारण राहत वितरणमा ढिलाई भएको महिला जागरण संघ पाँचथर शाखा अध्यक्ष मीना रिजाल केरुङले जानकारी दिइन् ।

टेवा नेपालले उपलब्ध गराएको आर्थिक सहयोगमा केही रकम थप गरि जागरण संघ जिल्ला शाखाले प्रभावित घरपरिवार मध्येका एकल महिला,एकल पुरूष,दलित महिला र विपन्न परिवारका सदस्यहरू छनौट गरि १ देखि ८ नम्बर वडाका क्रमशः ११,१२,७,१२,२५,११,१२, र १० गरि जम्मा एक सय जनालाई प्रदान गरिएको जनाइएको छ ।

बाढी पहिरोमा परेर मिक्लाजुङमा मात्रै २४ जनाले ज्यान गुमाएका थिए भने तीन जना बेपत्ता भएका थिए । फाल्गुनन्द,कुम्मायक गाउँपालिका र फिदिम नगरपालिका सहित जम्मा पाँचथर जिल्लामा ३१ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय पॉचथरले जनाएको छ ।

२०७१ सालमा पाँचथरमा स्थापना भएको यस संघले महिला हिंसा विरुद्ध र महिला अधिकार सम्बन्धि काम,कानूनी परामर्श, नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएसंगै सिपमुलक तालिम,सहकारी स्तर उन्नति लगायत परियोजना मार्फत पनि धेरै काम गरेको जनाइएको छ ।

कोभिड महामारीका कारण गत वर्षदेखि काम गर्न अवरोध भएता पनि आगामी दिनमा महिला क्षेत्र लगायत अन्य सामाजिक कार्यहरुमा सकृयताका साथ सहभागी हुने कोषाध्यक्ष चेम्जोङले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here