कमल नगर जेसीज भवनको शिलान्यास

0
307

उमानाथ भण्डारी,
कमल ।

कमल नगर जेसीजले आफ्नो नवनिर्मित जेसीज भवनको शिलान्यास गरेको छ । कमल–४ मा निर्माण हुन लागेको जेसीज भवनको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले शिलान्यास गरेकी हुन् ।

भवनको शिलान्यास गर्दै अध्यक्ष काफ्लेले जेसीजले समाजिक गतिविमा युवाहरुको व्याक्तित्व तथा क्षमता विकासमामा काम गर्दै आईरहेको छ । संस्थाको भवन निर्माणका लागि आफ्ना बुबाको स्मृतिमा निःशुल्क जग्गा प्रदान गर्ने खतिवडा परिवारप्रति आभार प्रकट गरेकी थिइन् ।

भवन निर्माणका लागि स्थानीय शहीद धर्मभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कमल नगर जेसीजका आजीवन सदस्य समेत रहेका लेखनाथ खतिवडाले आफ्ना स्वर्गीय बुबा धर्मानन्द खतिवडाको सम्झनामा ४५ लाख मूल्य बराबरको १८ धुर जग्गा निःशुल्क प्रदान गरेका थिए ।

कमल नगर जेसीजको इतिहासमा यो महत्वपूर्ण काम भएको अध्यक्ष काफ्लेको भनाइ छ । भवन निर्माणका लागि आफ्नोतर्फ बाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्ने समेत कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष गोपाल खनालले बताए ।

कार्यक्रमा कमल नगर जेसीज वर्ष १५ का अध्यक्ष केदार कटुवालले शुभकामना मन्तव्य राख्दै भवन निर्माणमा आफ्नो तर्फबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल जेसीज वर्ष ०२२ का राष्ट्रिय उपाध्यक्ष सुरज साँवाले भूमिदान महादान भएको बताउँदै भवन निर्माणका लागी १० हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने बताए । प्याब्प्सन झापाका अध्यक्ष गौरीमान फागोले ५० बोरा सिमेन्ट सहयोग गर्ने बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य भीमप्रसाद राई, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा प्रदेश सदस्य हुकुम सिंह राई लगायतले जग्गा दाता खतिवडाको प्रशंसा गर्दै भवन निर्माणमा सहयोग गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here