मोटरसाइकल दुर्घटना हुँदा एक युवा गम्भिर घाईते

0
636

विमल दहाल, इलाम । 

इलामको माई नगरपालिका वडा नम्बर–२ मस्तेमा मोटरसाईकल दुर्घटना हुँदा एक युवा गम्भिर घाईते भएका छन् ।

सोमवार दिउँसो २ बजे झापाबाट माईको चिलिमकोट बगान पिकनिक आउने क्रममा मेचीनगर नगरपालिका(८ आयाबारी निवासी १८ वर्षीय अनुष श्रेष्ठ गम्भीर घाईते भएका हुन् ।

मे १० प ६८४३ नम्बरको केटिएम डुक मोटरसाईकल अनियन्त्रित हुँदा उनी करिब २० मिटर तल उछिटिएका थिए । माई अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि बी एण्ड सी अस्पताल पठाईएको लोदिया प्रहरी चौकी ईन्चार्ज पदम सुन्दर लिम्बुले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here