श्रमिकहरुको हित व्यवस्थापन कार्यविधिमाथि छलफल

0
343

पथरीशनिश्चरे,

अनौपचारिक श्रमिक हित व्यवस्थापन कार्यविधि निर्माणका लागि मोरङको पथरीशनिश्चरे नगर भित्रका श्रमिक संघ संगठनका पदाधिकारीसित विधायन समितिले अन्तरक्रिया सम्पन्न गरेको छ ।

समितिका संयोजक डम्बरबहादुर चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरका श्रमिकहरुको हितका लागि नगर लागिपरेको बताउनु भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले समेत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नगरका कानूनी सल्लाहकार दीपककुमार राईले सहजीकरण गर्दै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको हितका लागि कार्यविधि निर्माणको प्रक्रिया अघि बढाएको बताउनुभयो ।

सोहि सन्दर्भमा उल्लेख गर्ने विषयहरूमाथि छलफल चलाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here