एमसीसी पास गरिए राष्ट्रिय मुक्ति युद्ध हुन्छ – मौसम

0
604

इलाम ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी सम्झौतालाई संसदमा टेवल गर्न खोजेपछि आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी लगायतका दल र मोर्चाहरुले इलामको सदरमुकाममा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा भएको प्रदर्शनमा नेकपा इलामका सेक्रेटरी मौसमले एमसीसी जस्तो रास्ट्रघाती सम्झौता गरेर देशमा विदेशीहरुको हैकम लाद्न खोजिए राष्ट्रिय मुक्ति युद्ध शुरु हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले लिने बताए ।

उनले कुनै पनि हालतमा नेपालमा एमसीसी सम्झौता पास गर्न नहुने बताउँदै पास गरिए पास गर्ने नेताहरुलार्इ जनताले नछाड्ने चेतावनी दिए । उनले सबै नागरिकलाई एमसीसी बिरुद्धको संघर्षमा उत्र्न आह्वान गरे ।

प्रदर्शन पछि भएको कोण सभामा नेकपा क्रान्तिकारी माओवादीका इलाम जिल्ला सचिब रुद्र सांङ्गपाङ्ग र बैज्ञानिक समजावादीका मंगेस लकान्द्रीले समेत सम्बोधन गरेका थिए । कोण सभाको सञ्चालन नेकपा इलामका जिल्ला सदस्य बिमल आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here