झापा गोल्डकपको पूर्वसध्यामा बिर्तामोड सरसफाई

0
443

बिर्तामोड ।

पाँचौं संस्करणको झापा गोल्डकपको पूर्वसध्यामा बिर्तामोड बजार सरसफाई गरिएको छ । गोल्डकपको तयारी तिब्र बइरहेको बेला नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्धेश्यले वीरता जेसीज, झापा गोल्डकप तथा पूर्वेली युवा क्लवको संयुक्त आयोजनामा सरफसाई गरिएको वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले जानकारी दिए ।

महाशिव रात्रीको अवसर पारेर गरिएको सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, विभिन्न संघ संस्थाका साथै जेसीजका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो । वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय उपभोक्त मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा श्री नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फणिन्द्र थापा,विर्तामोड नगरपालिकाका अधिकृत मेघराज बास्तोला, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, वीरता जेसीजका पूर्वअध्यक्षहरु मिजास पोख्रेल, शेखर ढकाल, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशृष चापागाईं, बिर्तामोड–५ का वडासदस्य डीआर कडरिया, पूवेली युवा क्लवका कार्यबहाक अध्यक्ष दिपेन चौधरी, निकारा सरसफाईका अध्यक्ष रविन भट्टराई, बिर्तामोडका डीएसपी सन्तोष आर्चाय, बिर्तामोड उद्योग वाणिज्य संघका कोषध्यक्ष दिपेन्द्र राउत, जनरल इन्सोरेन्स बिर्तामोडका म्यानेजर राजेशद्रोण भट्टराई र सरसफाई अभियान्ता विष्णु आर्चाय लगायतको आतिथ्य रहेको थियो ।

सरसफाई कार्यक्रमका संयोजक प्रवेश बस्नेतले स्वागत गरेको कार्यक्रममा जेसीज आस्था विकास बस्नेतले बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव टीकाराम खतिवडाले गरेका थिए । बिर्तामोडको फोहोर ब्यवस्थापनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले विशेष पहल गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । फोहोरको दिगो ब्यवस्थापन नहुँदा यत्रतत्र फोहोर फ्याक्ने हुँदा विभिन्न अवसरहरुमा सामाजिक संघसंस्थाले सरसफाई कार्यक्रम गर्दै आएका छन् ।

झापा गोल्डकप हेर्न आउने दर्शक तथा आमन्त्रित खेलाडीहरुलाई विर्तामोडको सुन्दरता प्रर्दशन गर्ने हेतुले बजार सरसफाई कार्यक्रमलाई अघि सारेको वीरता जेसीजका अध्यक्ष खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here