वीरता जेसीजले झापा गोल्डकपको मनिटरिङ गर्ने, भेरिगंगा जेसीजका पूर्व महासचिवको स्मृतिमा सभा

0
492

बिर्तामोड।

पाँचौँ संस्करणको झापा गोल्डकपको वीरता जेसीज र पूर्वेली युवा क्लवले मनिटरिङ गर्ने भएका छन् । वीरता जेसीजको आयोजनामा पाँचौ झापा गोल्डकप सफल पार्ने बिषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले यस्तो जिम्मेवारी प्रदान गरेका हुन् ।

वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षता तथा झापा गोल्डकपका अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर विनोद वस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

झापा गोल्डकपका अध्यक्ष वस्नेतले आगामी फागुन २१ गतेदेखि हुने नेपाल आइस पाँचौँ झापा गोल्डकप सफल बनाउन वीरता जेसीजका पदाधिकारी तथा र सदस्यहरु लागीपर्न आग्रह गरेका थिए ।

उनले झापा गोल्डकपलाई सफल बनाउन वीरता जेसीजका पदाधिकारी तथा र सदस्यहरुले अपनत्व ग्रहण गरेर आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । सामाजिक तथा मावीय सेवाको क्षेत्रमा क्रियाशिल वीरता जेसीजका पदाधिकारी तथा र सदस्यहरुले झापा गोल्डकपलाई व्यवस्थित बनाउन मनिटरिङ गर्न उनले आग्रह गरे ।

कार्यक्रममा वीरता जेसीजका अध्यक्ष खड्काले झापावासीको सान झापा गोल्डकप भएकाले झापा गोल्डकप सफल बनाउन आफूहरु लागिपर्ने बताए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

यसैबीच वीरता जेसीजले भेरिगंगा जेसीजका प्रकरण निर्देशक तथा पूर्व महासचिव नवराज कार्कीको स्मृतिमा श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ ।

मोटरसाइकल दुर्घटनामा परेर गत फागुन १३ गते निधन भएका सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडाध्यक्ष तथा भेरिगंगा जेसीजका प्रकरण निर्देशक तथा पूर्व महासचिव नवराज कार्कीको स्मृतिमा श्रद्धाञ्जलि सभा गरिएको हो । कार्की सुर्खेतका सबैभन्दा कान्छा वडाध्यक्ष समेत हुन् ।

वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर विनोद वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्कीको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा भेरिगंगा जेसीजका प्रकरण निर्देशक तथा पूर्व महासचिव नवराज कार्कीको मोटरसाईकल दुर्घटनाबाट निधन भएको घटनाबाट सिडंगो वीरता जेसीज परिवारमा चोट पुगेको वीरता जेसीजका अध्यक्ष प्रविण खड्काले बताए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here