नेपालको राजनीति र संस्कार

0
618

राजनीतिलाई नीतिमा सबैभन्दा प्रमुख नीति पनि भनिन्छ । विश्वमा सबै राष्ट्रले राजनीतिलाई नै प्रमुख मानेर देशको हरेक पक्षको विकासमा त्यहाँको राजनीतिक प्रणाली र राजनीतिक संस्कारलाई अँगाल्छन् । व्यक्ति वा समूहको राजनीति र राजनीतिक वस्तुप्रतिको दृष्टिकोण नै उसको राजनीतिक संस्कार हो । नेपालको वर्तमान राजनीतिलाई हेर्ने हो भने मान्छेहरु राजनीतिलाई घृणाको दृष्टिले हेर्छन् । अझ भनौं राजनीति एक फोहोरी खेल हो भन्छन् । उनीहरु राजनीतिबारे पटक्कै चासो राख्दैनन् ।

यस्तो किन भयो सहज उत्तर के भन्दा हाम्रा नेताहरुले असल तथा कुशल राजनीतिक संस्कारको राजनीति गरेनन् र जनतालाई सधैँ धोका मात्रै दिए । कुनै व्यक्तिको आफ्नो मुलुकमा प्रचलित राजनीतिक प्रणालीप्रति सहमति या लगाव हुन्छ भने कुनै व्यक्तिको त्यसप्रति दृष्टिकोण असहमत भिन्न र अलगावपूर्ण हुन्छ । कसैले समाजवादी राजनीतिक प्रणाली कसैले पुँजीवादी कसैले संसदीय त कसैले साम्यवादी जस्ता विभिन्न किसिमका राजनीतिक प्रणाली रुचाउँछन् ।

वास्तवमा व्यक्तिको वा समूहको उपयुक्त दृष्टिकोण वा मानसिक अवस्था नै उसको राजनीतिक संस्कार हो । राजनीतिक संस्कार राजनीतिक प्रणालीको सामुहिक इतिहास र त्यसका सदस्यहरुको जीवन इतिहासको उपज हो । त्यसैले यो सार्वजनिक घटना र व्यक्तित्व अनुभव दुबैमा समानरुपले निहित रहन्छ । समाजको सन्दर्भमा संस्कृतिको जुन स्थान छ राजनीतिक संस्कारको पनि त्यही स्थान छ । आज विश्वका जतिसुकै मुलुक समृद्ध छन् । ती सबै मुलुकहरु कुनै न कुनै राजनीतिक संस्कारसँग आवद्ध छन् र सरकारका सबै अंग बिना हस्तक्षेप एउटा प्रणालीमा आधारित रहेर चलेका छन् । जति गरीब राष्ट्रहरु छन् ती देशहरु उचित संस्कारको अभावमा कुनै पनि व्यवस्थाको अभ्यासमै व्यस्त छन् । चाहे त्यो प्रजातान्त्रिक होस्, संसदीय होस् वा अन्य कुनै ।

विश्वका केही देशहरुको राजनीतिक संस्कार र परिवर्तनलाई हेर्दा उक्त देशहरुले अँगालेका नीति र प्रणालीका कारण प्रगति गरेको देख्न सकिन्छ । एउटा ज्वलन्त उदाहरण हो हाम्रै छिमेकी राष्ट्र चीन जसले आर्थिक उदारीकरणको नीति लिँदै जाँदा विश्वमै आर्थिक क्रियाकलापमा पहिलो राष्ट्र बन्न सफल भयो । किनकि त्यहाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले जे कुरा निर्णय गर्दछ त्यो सबै ठाउँमा लागू हुन्छ । फलस्वरुप विश्वमा शक्तिशाली मुलुकको रुपमा स्थापित हुन सफल भएको छ । त्यस्तै बेलायतमा भएको औद्योगिक क्रान्तिले प्रशस्त उद्योगधन्दाहरु खुले र उत्पादित वस्तुहरुलाई विश्वबजारमा बेचेर आर्थिक उन्नति ग¥यो सम्पन्न भयो । फ्रान्समा भएको राज्य क्रान्तिले त्यहाँको शासन व्यवस्थामा सुधार ल्यायो र वर्तमान समयमा शासन व्यवस्थामा उत्कृष्ट राज्यको रुपमा चिनिन्छ । यी केही उदाहरण असल राजनीतिक संस्कारका परिणाम हुन् ।

त्यस्तै जर्मनमा हिटलरले ६० हजारभन्दा माथि मान्छे मार्दा आफंै मर्न बाध्य भए । इटलीमा मुसोलिनीले पनि त्यस्तै दुर्दशा भोग्नुप¥यो । इराकले कुवेतमाथि आक्रमण गर्दा इराकका तत्कालीन शासक सद्दाम हुसेनको अन्त्य भयो । रोमानियामा निरंकुशता लाद्दा चाउचेस्कुको अन्त्य भयो । बेलायतका राजा चाल्स प्रथमले जनतामाथि धेरै कर थुपार्दा जनताले नै फाँसी दिएको उदाहरण छ । यी उदाहरणहरु खराब राजनीतिक संस्कार तथा गलत नीतिका परिणाम हुन् । यस्ता घटनाक्रम र राजनीतिक संस्कारबाट नेपाल जस्तो गरीब मुलुक र गरीब मुलुकका हामी निरीह जनताले बुझ्नुपर्ने कुराहरु धेरै छन् । भनिन्छ, कुनै पनि परिवारमा परिवारका ठूला सदस्यले जस्तो संस्कार सिकाउँछन् । त्यस्तै संस्कार सानो सदस्यले सिक्छन् । तँ भन्न सिकेकाले तँ नै भन्छन् । त्यसैले नेपालको वर्तमान राजनीतिक संस्कार र हाम्रा राजनेताहरुले जे–जस्ता संस्कार हामी नागरिकलाई सिकाएका छन् । ती संस्कारबाट हामी सचेत हुनु आवश्यक छ । लोकतन्त्रको लागि नेपाली जनताको कठोर त्याग बलिदान र उत्सर्गसहितको निरन्तर संघर्ष पछि संविधानसभाबाट संघीय राज्यव्यवस्थासहितको नयाँ संविधान कार्वान्वयन गर्दै विकास र समृद्धिको जनाकांक्षा सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी बोकेको नेपाली राजनीति भने लोकतान्त्रिक मूल्य–मान्यता विपरीत राजनीतिक विकृति र भ्रष्टाचारले थला परेको छ ।

भूकम्पपछि कोभिड–१९ ले थला परेको देशमाथि खेलवाड गरी आफ्नो दुनो सोझाउन लागीपरेका पार्टीका केही नेता तथा स्वार्थी कार्यकर्ताले कहिले जनताको भावनाको कदर गर्लान् । भोक र रोगमा पनि राजनीति गर्न लाज लाग्नुपर्ने होइन ! कहिले गर्ने जनताको मन जित्ने काम असल राजनीतिक संस्कारको थालनी गर्न किन ढिलाई । मानव सभ्यताको विकासलाई पार गरेर हामी नेपालीहरु कहाँसम्म आइपुग्का छांै । आदिम साम्यवादको दास युग सामन्तबाद पुँजीवाद समाजवादको उत्तराद्र्धपछि स्वघोषित साम्यवादको परिकल्पना हुन सक्दछ । मानव सभ्यताको विकास यी विकासक्रमभित्र हामी कहाँ रहेका छांै र कसरी त्यसलाई प्रयोगमा ल्याइरहेका छौं । त्यसतर्फ पनि सोच्नुपर्ने होइन ?

नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुमा जनता धेरै प्रतिशत अशिक्षित र गरिबीको रेखामुनी रहेका हुन्छन् । फेरि अल्पविकसित राष्ट्रहरुमा विचार सिद्धान्तको अमूर्त भारी बोकाएर जनतामाथि नेताहरुले शासन गरिरहेका हुन्छन् । वास्तवमा जनतालाई शिक्षित बनाई आर्थिक पक्षलाई मजबुत बनाउँदै जानुपर्ने हो । तर, नेताहरु किन यस्तो गर्न चाहँदैनन् । जनताले देशका लागि तिरेको करले देशको भरथेग हुने हो । जनताहरुले तिरेको करको सही सदुपयोग भएको छ कि छैन ? जनताले खोज्नु र बुझ्नुपर्ने पहिलो आवश्यकता हो । जनताले तिरेको करको उचित सदुपयोग नगरेका कारण नेपाल दिनानुदिन कंगाल बनिरहेको छ । जनताले तिरेका कर र दातृ संस्थाहरुले दिएका सहयोग उचित ठाउँमा प्रयोग नगरी आफ्नो घेरामा राखेर भागबण्डा गरेर भ्रष्टाचार गरिरहेको सबैलाई थाह भएको कुरो हो । तर, भ्रष्टाचार गरेर जनतालाई गरिबीको रेखामुनी पार्ने तिनै भ्रष्टचारी र नालायक नेताहरुलाई जनताले आफ्नो अधिकार बेच्न बाध्य भएका छन् । जनताले त्यस्ता पार्टी र नेताको झोला बोकेर कहिलेसम्म हिँड्ने ? यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ।

नेताहरुले मात्र देश बिगारेका छैनन् । नेपाली जनता आफैं पनि समस्यको एउटा पाटो बनिरहेका छन् । आफ्नैं परिश्रमले आफैंलाई शोषण गरिरहेको जनताले जबसम्म बुझ्नदैनन् तबसम्म देश कंगाल बन्दै गइरहने छ । जुन पार्टीका नेता भ्रष्टाचार गरेको आरोपमा जेलनेल भोगेका छन् । तिनै पार्टी र नेताहरुलाई जिताएर बारम्बार पठाइका छन्– नेपाली जनता । यही हो देशका लागि ठूलो दुर्भाग्य । यो संसदीय व्यवस्था अत्यन्तै कुरुप र असफल सिद्ध भइसकेको छ । आज होइन पछिल्लो ३० वर्षलाई हामीले मूल्यांकन गरौं । यसले कर्मकाण्डी लोकतन्त्र फोहोरी राजनीति र भ्रष्टाचारलाई संस्थागत गर्ने बाहेक खासै ठूलो उपलब्धि भएको छैन । हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति, मुख्यमन्त्री र प्रबुद्ध मानिसहरुको पूर्ण समानुपातिक सांसदलाई शासकीय स्वरुप कायम गर्न सकैनौं भने यस्तो विकृत राजनीति फस्टाउने छ । लोकतन्त्रको विकास हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here