सवारी दुर्घटनामा एक जनाको मृत्यु सात जना घाईते

0
453

ओखलढुङ्गा ।

ओखलढुंगाको सिद्दिचरण नगरपालिका–५ सिस्नेखोलास्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका–३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन् । ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here