नेल्टाको केन्द्रीय सदस्यमा झापाका धर्मेन्द्र भट्टराई मनोनित

0
606

बिर्तामोड ।

नेपाल अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई नेल्टाको केन्द्रीय समिति सदस्यमा मनोनित भएका छन्।

पच्चीस वर्ष पहिले स्थापना भएको नेल्टा मा मेची अञ्चलबाट केन्द्रीय सदस्य हुने भट्टराई पहिलो ब्यक्ति हुन्। अंग्रेजी भाषा शिक्षकहरूको पेशागत विकास , तालिम, गोष्ठी सेमिनार र अन्य अध्ययन सामग्री संचालन तथा प्रकाशन को क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

झापामा बिगत छ बर्ष अघि भट्टराई लगायत को पहलमा नेल्टा को स्थापना गरिएको हो। यस अबधिमा झापा जिल्लामा बिभिन्न किसिमका तालिम , गोष्ठी र सेमिनार , प्रबिधि को संचालन गरी दुई हजारभन्दा बढी शिक्षकहरूलाई पेशागत विकासको अवसर प्रदान गरिसकेको छ।

शिक्षा र शिक्षकको गुणस्तर बृद्धिका लागि अहम भुमिका निर्वाह गरेका भट्टराई ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बौद्धिक क्षमता प्रस्तुत गरेका छन्। हाल उनी ब्रिटीस काउन्सिल नेपालको राष्ट्रिय प्रशिक्षकको रुपमा कार्यरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here