होटलको कोठामा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न पक्राउ

0
383

सुनसरी ।

सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यू कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ बर्षीय जीवन उपनामका विनेश राना रहेका छन् । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा एक जना महिला मृत रहेको भन्ने खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिएको प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाए संगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल इटहरी–५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो ।

मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फाल्गुन २१ गते धनकुटाको पाख्रिवास–११ बाट प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here