चिनियाँ राजदूत होउ यान्छीको प्रभावकारिताबारे चीनमा प्रश्न

0
525

काठमाण्डौं ।

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको प्रभावकारिता बारे चीनमा प्रश्न उठन थालेकाे छ । प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्नु अघिल्लो दिनसम्म पनि यान्छीको सक्रियता कम थिएन । तर, अहिले उनी एकाएक भूमिगत झैँ भएकी छन् ।

नेपालमा एमसीसी अनुमोदन गर्ने नगर्ने भन्ने तीव्र बहस र छलफल चलिरहेका बेला यान्छीको सक्रियता निकै बढेको थियो । उनी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरूसँग नियमित सम्पर्कमा थिइन् ।

कतिसम्म भने त्यही बेला उनले चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरूको एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो कन्फ्रेन्ससमेत गराइन् ।

एमसीसीलाई असफल बनाउनकै लागि त्यो प्रयोग गरिएको हो भन्ने सबैले बुझकै थिए । यान्छीले माओवादीका नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका झलनाथ खनाल, एमाले नेता भीम रावलको पनि भरपूर उपयोग गरेकी थिइन् ।

एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भनेर गर्न लगाइएको थियो । आर्थिक सहयोगलाई पनि संसदले अनुमोदन गर्न मिल्छ ? भन्ने चीन अहिले चुप छ । चिनियाँ विदेश मन्त्रालयले एमसीसी अनुमोदन भएपछि ‘नोटेड’ गरेको प्रतिक्रिया दिएको छ । यता, काठमाडौंमा रहेकी होउ यान्छी भने ‘भूमिगत’ झैं छिन् । उनको सक्रियता कतै पनि देखिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here