१२ औं क्याम्पस परिषद उद्घाटन: शैक्षिक उन्नतिमा लाग्न जोड

0
490

पथरीशनिश्चरे,

मोरङ्को पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पथरी बहुमुखी क्याम्पसको १२ औं परिषद बैठकको उद्घाटन गर्नु हुँदै सबै मिलेर क्याम्पसको भौतिक र शैक्षिक उन्नतिमा लाग्न जोड दिनुभयो ।

पूर्वोत्तर मोरङको उच्च शिक्षाको केन्द्रको रूपमा विकास भएको क्याम्पसका लागि नगरपालिका कार्यालयले निरन्तर सहयोग पुर्याइरहने पनि बताउनुभएको थियो ।

सोहि कार्यक्रममा नगर उपप्रमुख यमुना बिष्ट बास्तोला, पथरी बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, प्राद्यापक उमेशकुमार खडका, स्ववियु सभापति गोपाल सांवा सहितले शुभकामना मन्तव्य व्यक्त गर्दै क्याम्पसको समुन्नतिमा निरन्तर निष्ठापूर्वक जुट्न आवश्यक रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here