“रस छ फूलैमा” मार्फत नयाँ स्वाद पस्किदै सङ्गीतकार पन्त

0
566

काठमाडौँ, 

सङ्गीतकार प्रमोद पन्त एक कुशल तथा भर्सटाइल सङ्गीतकार हुन्। यो क्षेत्रमा लाग्न शास्त्रीय सङ्गीतको औपचारिक ज्ञान, साधना र धैर्यता आवश्यक हुनुपर्ने कुरामा उनी विश्वास राख्छन्। थुप्रै नयाँ तथा पुराना चर्चित गायक गायिकाहरुले वहाँको सङ्गीतमा स्वर भरेका छन्।

दुई दशकको साङ्गितिक अनुभव भएका सङ्गीतकार पन्त लोक, पप, आधुनिक सबै विधाका सङ्गीत सृजनामा पोख्त छन्। केही साता अघि “आधुनिक” र “डान्सिङ पप” शैलीमा आफ्नो सृजना पस्केका पन्तको यो साता लोक शैलीको “रस छ फुलैमा” बोलको रोमान्टिक गीत बजारमा आएको छ।

पीपीएम क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको सो गीतमा डा. सदानन्द कडेलको शब्द, सन्दिप परियार र मेनुका परियारको आवाज रहेको छ । रिदम कंडेलको एरेन्ज र अशोक महर्जनको मिक्सिङ रहेको गीतलाई कुमार केसिले रेकर्ड गरेका हुन् ।

युवायुवती बीचको प्रेम प्रसंङ्ग देखाइएको गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ।मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमल्सिना र विपीन चौलागाइँले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here