भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ ग¥र्यो

0
308

सुनसरी । 

सुनसरीको नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वनबाट तीन नाल भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन् । विशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको तीन नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here