शिक्षा सेवा अधिकारी बुद्धिजिवी परिषद् बाह्रदशीको अध्यक्षमा चयन

0
557

झापा, शिक्षा सेवी गंगाप्रसाद अधिकारी नेपाल बुद्धिजिवी परिषद् बाह्रदशीको अध्यक्षमा चयन भएका छन् ।
बाह्रदशी गाउँपालिका भित्र बसोवास गर्ने वुद्धिजिवीहरुको भेलाले बाह्रदशी स्तरीय बुद्धिजिवी परिषद् गठन गरेको हो ।
बाह्रदशी गाउँपालिका ३ निवासी अधिकारी पशुपति माध्यमिक विद्यालयका पूर्व शिक्षक हुन् । शारदा उच्च माध्यमिक विद्यालय पूर्व प्राध्यापक समेत रहेका अधिकारी शिक्षा सेवीका रुपमा परिचित छन् ।
त्यस्तै परिषद्को उपाध्यक्षमा गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवाल, सचिवमा ज्ञानज्योति माविका शिक्षक सिताराम बराल र उप सचिवमा पशुपति माविका प्रधानाध्यापक थीरकुमार दाहाल(कुमार) चयन भएका छन् ।
परिषदको सदस्यमा लोचनकुमार गुरागाई, अमर कटुवाल, प्रेम राजवंशी, यज्ञ थापा, नर प्रसाद शिवाकोटी, शुक्रवहादुर तामाङ, हेमलता भण्डारी, विनोद हेमरम, नवराज पौडेल रहेका छन् । त्यस्तै मनिराज प्रसाई, मेघनाथ भुर्तेल, दिवस सुवेदी, शोभा भण्डारी, रोपनी श्रेष्ठ, इन्दिरा पौडेल, यशोदा राजवंशी , नवीना खातुन, लीलादेवी खतिवडा ब्रहलाल राजवंशी, देवीमाया अधिकारी र वुद्धिवीर घिमिरे परिषदको सदस्यमा चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here