सुकुम्वासी वस्तीलाई जोड्न सन्जोरा खोलामा बेली ब्रिज

0
391

पथरीशनिश्चरे,

उर्लाबारी नगरपालिका वडा नम्वर-२ जनपथ टोलका वासिन्दाहरुको वर्षौंदेखिको माग पुरा हुने भएको छ ।

अव उर्लाबारी नगरपालिकाको सुकुम्वासी वस्तीलाई जोडने सन्जोरा खोलामा बेली ब्रिज वन्ने भएपछि उनिहरुको वर्षौ देखिको समस्या हल हुने भएको हो । सन्जोरा खोलमा पुल निर्माण हुने भएपछि सो क्षेत्रमा बस्दै आएका ४० परिवार लाभान्वित हुने छन् ।

वर्षौं- वर्षदेखि वर्षायाममा खोलामा आउने भेलबाढीका कारण सो क्षेत्रका सर्वसाधारणले स्वास्थ्य, शिक्षा, रोजगारी र प्रशासनिक कार्यका लागि उर्लाबारी पुग्न ७ किलोमिटर घुम्नु पर्ने बाध्यता रहेको थियो। उनीहरूले पथरी हुदै मगलबारे र उर्लाबारी पुगेर सेवा लिन विवश थिए ।

सोहि क्षेत्रमा बसोबास गर्दै आएका एक वृद्ध गांउबहादुर धिमाल पुल बन्न लागेको थाहा पाएपछि निकै खुशी हुँदै अगाडि थप्दै भन्नुभयो -“२०७४ सालको निर्वाचनमा एउटा पार्टीका घनश्याम खतिवडा आएर भोट मागे , उनलाई संघिय सासदको संसद बनायौँ । जितेपछि गाउमा विकासको लहर ल्याउछु भन्थे । तर , …उनले जितेपछि उनी गाउँ गाउँमा आएका छैनन् ,,हामीलाई बिर्से” खोलापारीको गाउँ भनेर चिनिदै आएको उक्त जनपथटोललाई उर्लाबारी नगरपालिकासित सहज रुपमा जोड्नका लागि संघिय सरकारकारको शर्सत अनुदान मार्फत् १ करोड २२ लाख र नगरपालिकाको ५ प्रतिशत लागतमा १ सय २१ मिटर लामो बेली ब्रिज बन्ने नगरपालिकाले जनाएको छ ।

यसैवीच ,हालै उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पुलको शिलान्यास समेत गरेका छन् । पुलको शिलान्यास गर्दै मेयर फागोले समयमै पुलको निर्माण कार्य सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् । दैनिक ज्याला मजदुरी गरी जिविको पार्जन गर्दै जिवन गुजारा गर्दै आएका सो क्षेत्रका स्थानियहरु स्थानिय सरकारको आगमन सगै विकास निर्माणका थुप्रै योजनाहरू आउने कुरामा आशावादी छन्।

सोहि ठाउँमा बसोवास गर्ने घरवार विहिन तथा विपन्न १० परिवारका लागि ५ वर्षको अवधिमा वडा कार्यालयबाट ३ लाखका दरले १० वटा घरहरू समेत निर्माण गरिएको वडा नम्वर २ का अध्यक्ष कुमार कंडेल (राजन)ले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here