साहाराको २७ औं वार्षिक उत्सव मेयरद्वारा रक्तदान गरी उद्घाटन

0
467

विमल दहाल, माई ।

सहारा नेपाल साकोस दानावारी सेवा केन्द्र र नेपाल रेडक्रस सोसाईटी दानाबारी उपशाखाको संयुक्त आयोजनामा रक्तदान सहित बिबिद्य कार्यक्रम सोमवार सम्पन्न भएकोे छ ।

सहारा नेपाल साकोसको २७ औ बार्षिक उत्सवको अवसरमा दानाबारीमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि माईका मेयर दिपक कुमार थेवेले रक्तदान गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा मेयर थेबे लगायत ४७ महिला सहित १ सय १ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा मेयर थेबेले सहारा नेपाल९साकोस० दानावारी सेवा केन्दको सहयोगमा उत्कृष्ट आयआर्जन गर्ने माई ३ का बिष्णुमाया एक्तेन र माई ४ कट्टेलटारकी देवकुमारी मगरलाई सम्मान गर्नुभएको थियो ।

त्यस्तै शेयर सदस्य बीरबहादुर पोर्तेलको मृत्यु पश्च्यात उनकी श्रीमती विमाया पोर्तेललाई ५० हजार रुपैया र देशमति त्रिखत्रीको मृत्युमा उनका छोरा रत्न बहादुर त्रिखत्रीलाई नगद २ लाख रुपैया क्रण मिनाहाको चेक हस्तान्तरण गर्नुभएको थियो । बकार्यक्रममा यस पटक सहित दशौ पटक रक्तदान गर्ने ६८ बर्षिय नेत्रप्रसाद भट्टराईलाई समेत सम्मान गरिएको शाखा प्रमुख त्रिलोचन तिम्सीनाले जानकारी दिनुभएको छ ।

नेपाल रेडक्रस दानाबारी उपशाखाका सभापति मित्रप्रसाद गौतमको अध्यक्षता, सहारा नेपाल९साकोस० दुधे सेवा केन्द्रका अनुगमन अधिकृत चुडामणि कट्टेलको बिशेष आथित्यता तथा नेपाल रेडक्रस सोसाईटी दमक रक्त संचार इकाईका प्रमुख सिद्धार्थ दहालको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको औचित्य माथि सहारा नेपाल९साकोस० दानाबारी प्रमुख त्रिलोचन लिम्सीनाले प्रकाश पार्र्नुभएको कार्यक्रम सम्पन्न पश्चात सबै रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गर्दै रेडक्रस दानाबारी पुर्ब सभापति कृष्ण खाकीले धन्यवाद मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन रेडक्रस सचिव हरिप्रसाद गुराँगाई र सहारा नेपाल९साकोस०दानाबारीका कर्मचारी अम्वर लिम्बुले गर्नुभएको थियो ।

झापाको बिर्तामोड मुख्य कार्यालय रहेको संस्थाले प्रदेश १ का ६ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर अघी बढीरहेको सहारा साकोसको ७९ वटा सेवाकेन्द्र मार्फत कार्यक्रम सञ्चालन गर्दै आएको जनाईएको छ । हाल संस्थामा १ लाख ६० हजार सदस्यहरु आवद्ध रहेका जानकारी गराईएको थियो ।

संस्थाले प्रत्यक्ष रुपमा ५२६ जनालाई रोेजगारी प्रदान गरेको, १९ हजार भन्दा बढी सदस्यहरुलाई विभिन्न उद्यमको माध्यममबाट स्वरोजगार बनाएको, कोभिड प्रभावित सदस्यहरुमा सहयोग र समुदायका लागि खाद्यान्न, अक्सिजन र पिसिआर ल्याव स्थापानार्थ सहगोग गरेको, हालको आर्थिक तरलताको अवस्थामा पनि सदस्यहरुलाई सहज सेवा, स्वास्थ्य, शिक्षा, वातावरण, खाद्य सुरक्षा स्वच्छ उर्जा लगायतका क्षेत्रमा काम गर्दै आएको, वेरोजगार युवाहरुलाई अटो तथा कृषि ऋण प्रदान गरी स्वरोजगार बनाएको, सामाजिक क्षेत्रमा २६ वटा जेष्ठ सदस्य विश्राम केन्द्र, अति दुर्गम पाँचथर र उदयपुरका स्वास्थ्य केन्द्रलाई ६ वटा एम्वुलेन्स प्रदान गरिएको, संस्थाले गर्ने नियमित आर्थिक कारोवार चुस्त दुरुस्त ढंगले संचालन गर्ने क्रममा हाल सम्म कुनै पनि सदस्यको ऋण घितो लिलाम गर्नु नपरेको, संस्थालाई समय अनुकुल प्रविधीमैत्री बनाईएको संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here