पत्रकार उमाकान्त खनाललाई मातृशाेक

0
436

झापा । 

पत्रकार उमाकान्त खनाललाई मातृ शोक परेको छ । बीबीसी नेपाली सेवा र देशसञ्चार अनलाइनका संवाददाता तथा सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाललाई मातृ शोक परेको हो ।

खनालकि आमा सरस्वतीको ६५ वर्षको उमेरमा आज बिहान ६ःः३० बजे निधन भएको हो । लामो समयदेखि मधुमेह, थाइराइड, मुटु र मृगौला रोगबाट पीडित सरस्वतीको बुद्धशान्ति-२ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०१४ साल फागुन ९ गते तेह्रथुमको फूलबारीमा जन्मनुभएकि दिवंगत सरस्वतीका श्रीमान झरेन्द्र, एक छोरा उमाकान्त , दुई छोरी मेनुका निरौला र नर्वदा पोखरेल, चार जना नातिनी र दुई जना नाति रहेका छन् । दिवंगत सरस्वतीका छोरा उमाकान्त लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले एक विज्ञप्ती जारी गर्दै महासंघ सदस्य खनालकि माताको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगतको आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा शोक सहन गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दै  समवेदना व्यक्त गरेका छन् ।

पारिवारिक श्रोतका अनुसार खनालको पार्थिव शरीर आजै दिउँसो १२ बजे कन्काई माईमा अन्त्येष्टि गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here