फुटवल मय बन्यो झापा

0
407

विष्णु पोखरेल
दमक, असोज २६  । एक महिनायता झापा फूटवलमय बनेको छ । ५० हजारभन्दा बढी पुरुस्कार राशीका असोज महिनामा मात्र आधा दर्जनभन्दा बढी प्रतियोगीताहरु भएका छन् भने दूईवटा ठूला प्रतियोगीताहरुको तयारी पुरा भएको छ ।
झापाको तोपगाछी स्थित केर्खामा दोस्रो केर्खा कप २०७१ नकाउट फूटवल प्रतियोगिता सम्पन्न भएको छ । न्यू स्टार क्लव केर्खाको अयोजनामा भएको प्रतियोगितामा का पूर्वमा नाम चलेका १२ वटा टिमको सहभागिता रहेको थियो । असोज ३ गते देखि १४ गतेसम्म सञ्चालन भएको दोस्रो केर्खा कप २०७१ फूटवल प्रतियोगीता चुलाचुली स्र्पोटिङ क्लवले जितेको थियो ।
आयोजक क्लवका अध्यक्ष सागर पन्धाकका अनुसार प्रतियोगिताको बिजेतालाई ५० हजार नगद् सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिने छ भने उप बिजेतालाई ३० हजार प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख रुपिया खर्च भएको क्लवले जनाएको छ ।
यसैबीच सुरुगा जेसीजले सुरुगामा असोज २८ गतेबाट ‘सुरुगा गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गर्दैछ । यसको तयारी अन्तिम चरणमा पुगेको बताईएको छ । जेसीजले दोश्रो सस्करण अन्तरर्गतको प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोश्रो टिमलाई ५१ हजार १ सय ११ रुपैयाँ राशी एवं सिल्ड र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने बताईएको छ ।
प्रतियोगितामा झापा–११, मोरङ, सुनसरी, काठमाण्डौ, सिक्किम, दार्जीलिङ लगायतका ठाउँबाट आठवटा टिमले सहभागिता जनाउने सुरुगा जेसीजका संस्थापक अध्यक्ष लिला चिमरियाले बताउनु भयो । प्रतियोगितामा प्रथम पुरस्कारको राशी अष्ट्रेलियामा रहेका सुरुगाका कुमार पोखरेलले प्रदान गर्ने समेत बताईएको छ । आफ्नो क्षेत्रमा हुन लागेको ठूलो प्रतियोगीताले आफ्नो क्षेत्र चिनाउने भन्दै स्थानीयहरु आफै जुटेर प्रतियोगीता गर्ने गरेको चिमोरियाले जानकारी दिनु भएको छ ।
यसैगरी विजया दशमी २०७१ को अवसरमा सतासीधाम जेसिजको आयोजनामा पुर्वाञ्चल स्तरीय प्रथम सतासीधाम जेसिज कप नकआउट फुटबल प्रतियोगिता भने सम्पन्न भएको छ । असोज १ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पुर्वाञ्चका ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार र ट्रफि, द्धितिय हुने टिमले नगद ३१ हजार र ट्रफि पाएको जनाईएको छ ।

यता असोज २५ देखि अन्तराष्ट्रिय दमक गोल्डकप प्रतियोगिता शनिबार देखि दमकमा शुरु भएको छ । कार्तिक १ गतेसम्म दमकमा प्रतियोगिता जारी रहने छ । आयोजक दमक फूटबल क्लबका अनुसार प्रतियोगीतामा ए डिभिजनको सरस्वती क्लब काठमाडौं अफ्रिकन यूनाइटेड, धरान फूटबल क्लब, एफिएफ झापा लगायतका खेलाडिहरु आबद्ध टिमहरु सहभागि हुनेछन् ।
१४ लाख रुपैंया लगानी अनुमान गरिएको प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ पाउने खेल संयोजक सुरज आचार्यले बताउनु भयो । दमक १४ को खेलमैदानमा हुने प्रतियोगीता स्थानीय कै सहयोगमा हुने आचार्यले बताउनु भयो । यसले दमकलाई फूटवलको माध्यमबाट चिनाउने आयोजकको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here