लालीगुँरासको आठौं साधारण सभा सम्पन्न

0
426

[अमित खम्बू]
शनिश्चरे,असोज २६ । लालीगुँरास महिला कृषि सहकारी संस्था लिमिटेड शनि–अर्जुन नगरपालिका–१को आठौं वार्षिक साधारण सभा विविध कार्यक्रमकासाथमा आज आइतबार सम्पन्न भएको छ ।
शनि–अर्जुन नगरपालिका–१स्थित महिला,आदिवासी–जनजाति,दलित सामुदायिक भवनको सभाहलमा संस्थाको सञ्चालक समितिकी अध्यक्ष मेनुका पौड्यालको सभाध्यक्ष र डिभिजन सहकारी कार्यालय झापाका निमित्त कार्यालय प्रमुख डिल्ली दाहालको प्रमुख आतिथ्यमा सो सभा सम्पन्न भएको हो ।
स्थानीयस्तरमा रहेको महिलाहरुको सशक्तिकरणसँगै उनीहरुलाई आर्थिकरुपमा सक्ष्म बनाउने उद्धेश्यले २०६३ सालमा स्थापना भएको संस्थाले गत आर्थिक वर्ष ०७०÷०७१ मा जम्मा ६ सय जना शेयर सदस्यहरुबाट १३ लाख ६१ हजार छ सय रुपैयाँ बराबरको शेयर पुँजी,४३ लाख ८८ हजार आठ सय ९२ रुपैयाँ बराबरको बचत संकलन र एक करोड ४१ लाख ६२ हजार पाँच सय १५ रुपैयाँ बराबरको ऋण लगानी गरेकोे तथ्याङक सभामा जानकारी गराइएको थियो ।
त्यसैगरी सभाध्यक्ष एवं समितिकी अध्यक्ष पौड्यालले संस्थाको प्रगति प्रतिवेदन र लेखा समितिकी संयोजक हिमा विष्टले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको सभामा संस्थाकी व्यवस्थापक पवित्रा गिरीले दुई लाख ५१ हजार ३७ रुपैयाँ ९४ पैसा बराबरको खुद नाफासहितको व्यवस्थापकको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्् ।
संस्थाले ज्येष्ठ नागरिकतर्फ सरस्वती बराल र संस्थालाई विशेष सहयोग पु¥याएवापत संस्थाकी सल्लाहकार समितिकी संयोजक टहलकुमारी सापकोटालाई दोसल्ला ओढाएर सम्मान गरेको सोही सभाको अवसरमा अनुशासीत एवं इमान्दार कर्मचारीको पुरस्कार बजार प्रतिनिधि रिना तामाङ,मासिक बचतकर्तातर्फ इन्द्रमाया पराजुली,दैनिक बचतकर्तातर्फ सन्तोष शाह,कर्जातर्फ इन्दिरा श्रेष्ठ र शेयरसदस्यहरुतर्फ क्रमश खेमकुमारी पौड्याल,बिमला भारती र सुन्तली आलेलाई पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
त्यसतै संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तरगतको कर्जातर्फका असल ऋणीहरु क्रमश इन्दिरा दाहाल,दिपक अधिकारी र लक्ष्मीप्रसाद निरौलालाई पनि पुरस्कृत गरिएको सभामा कोषका झापा अध्यक्ष एवं अनुगमन समितिका सचिव सन्तोष सापकोटा,नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाका शाखा संयोजक धर्मानन्द गुरागाईं,कालीका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पदमलाल श्रेष्ठ,प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष इन्दिरा दाहाल,शनिश्चरे साना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष लीला राई,झापा उद्योग वाणिज्य संघका शाखा सदस्य चर्तुभूज काफ्ले,महिला सशक्तिकरण समितिकी संयोजक मिश्राकुमारी राई,कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
ऋद्धि सिद्धि महिला कृषि सहकारी संस्थाकी अध्यक्ष देवीका बुढाथोकी,सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पम्फा विश्वकर्मा,जलेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाका सदस्य कुमार भट्टराई,महिला समाजसेवी कुसुम राई,युवा व्यवसायी राजेन्द्र आचार्यलगायतको आतिथ्यता रहेको सभामा स्वाग्त मन्तव्य समितिकी उपाध्यक्ष चन्द्रा सुब्बाले र सभाको सञ्चालन समितिकी सह–सचिव देवीमाया दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here