महिलालाई आयआर्जनको बाटोमा डो¥याउने शान्ताको चौतर्फी चर्चा

0
650

झापा, मध्यम वर्गीय परिवारकी सदस्य हुन् शान्ता देवी शिवाकोटी खरेल । बाह्रदशी गाउँपालिका ३ स्थित राजगढ घर भएकी उनी व्यवसायसंगै सेवामा सक्रिय छिन् । महिलाहरुको अधिकार प्राप्तिका लागि सधै क्रियाशील रहने खरेल आफैंमा सरल र मिजासिलो स्वभावकी महिला हुन् ।
आयमुलक काममा महिलालाई जोड्न र उनीहरुको नेतृत्व विकासका लागि सधै लागि पर्ने खरेल सामाजिक संघ संस्थामा समेत उत्तिकै सक्रिय छिन् । साना किसान सहकारी संस्थाको दुई कार्याकाल अध्यक्ष तथा पाथीभरा चेतनशील महिला समूहको समेत अध्यक्ष रहेकी खरेलले सहकारीका माध्यमबाट महिलाहरुलाई आयआर्जनको बाटोमा डो¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।
विशेष गरी महिला तथा लक्षित समुदायलाई केन्द्रमा राखेर उनीहरुको आयश्रोत बृद्धिका लागि अहम् भूमिका निर्वाह गर्ने खरेल त्यस क्षेत्रमा लोकप्रिय महिला नेतृका रुपमा परिचित छिन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संग आस्था राख्ने खरेल अखिल नेपाल महिला संघ बाह्रदशी गाउँकमिटी सचिव हुन् । २०२५ सालमा जन्मिएकी उनको पारिवारिक पृष्ठ भूमि नै कम्युनिष्ट हो । कम्युनिष्ट पृष्ठभूमि भएको परिवारमा जन्मिएता पनि उनी पार्टी भन्दा माथि रहेर सामाजिक काममा नै लामो समय सक्रिय भइन् ।
मुलुकमा आएको परिर्वतनसंगै पार्टी प्रतिको पारिवारिक जिम्वेवारीका कारण उनी २०७१ सालबाट नेपाल कम्युनिष्ट पार्टीको सक्रिय सदस्य हुँदै राजनीतिमा होमिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा झापाबाट शुरु भएको कम्यनिष्ट आन्दोलनको अगुवा थिए उनका ससुरा हरि प्रसाद खरेल । आन्दोलन ताका तत्कालीन समयमा कम्युनिष्ट पार्टीको सम्पर्क व्यक्ति हुँदै उनका ससुराले पार्टीको विश्वस्तरीय सेल्टर, किसान संगठनको नेतृत्व लिएका थिए ।
जेठाजु मेदनी खरेल समेत नेकपा एमालेको वागमती क्षेत्रीय कमिटी सदस्य, ललितपूर , काभ्रे, नुवाकोट र रसुवाको पार्टी इञ्चार्ज तथा एमाले केन्द्रीय कार्यलय उपसचिव भएका काम गरेका व्यक्ति हुन् ।
कम्युनिष्ट आन्दोलनको जगमा हुर्किएकी उनी अन्तत पारिवारिक समर्थ र प्रेरणामा कारण सामाजिक कार्यमा सक्रिय रहेता पनि सेवासंगै राजनीतिलाई रोजिन् । २०४४ सालमा ओमप्रकाश खरेलसंग विवाह बन्धनमा बाँधिएकी उनी र उनको परिवार आज पर्यन्त नेपाल कम्युनिष्ट पार्टी एमालेमा रहेर अनवरत क्रियाशील छ ।
कम्युनिष्ट आन्दोलन बुझेको जुझारु र क्रियाशील नेतृ भएकै कारण खरेललाई नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिकामा उपाध्यक्षका लागि उम्मेद्वार बनाएको छ । पार्टीको जिम्वेवारी वहनका लागि उनी अहिले बाह्रदशी गाउँपालिकाबासी माझ मत माग्न र आर्शीवाद लिन तल्लीन छिन् । आफैंमा केही गर्नु पर्छ भन्ने फराकिलो सोचकी धनी खरेललाई अहिले मत माग्ने चटारो भन्दा वधाई र आर्शीवाद थाप्न भ्याई नम्याई छ ।
मध्यम वर्गीय परिवारमा हुर्किएकी उनको उम्मेद्वारीका कारण अहिले खरेलको चर्चा जति छ त्यो भन्दा धेरै चर्चा पद, प्रतिष्ठा र पैसा हुनेले मात्रै टिकट पाउछन् भन्ने मान्यतालाई चिर्दै जनसाधारण माझ लोकप्रिय र जुझारुहरु व्यक्तिले पनि स्थान पाउने सावित गरिदिएकी छिन् उनले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here