भद्रपुर, असोज ३१ । ५९ औ प्रहरी दिवस २०७१ देशभर लगायत भmापामा पनि विविध कार्यक्रमका साथ आज मनाइएको छ ।
झापाको भद्रपुर स्थित अञ्चल प्रहरी कार्यालय मेचीको आयोजना सम्पन्न प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, प्रहरी परिवारका सन्तती, शान्तिसुरक्षा उल्लेखनिय सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले अञ्चल प्रहरी कार्यालय मेची अवस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छ अर्पण गर्दै कार्यक्रमको उदघाटन गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै प्रजिअ नेपालले सरकार राम्रो हुने नहुने कुराको निर्भर एक जना प्रहरी जवानको हातमा रहेकोले यस तर्फ जिम्मेबारी भएर समाजमा काम गर्ने प्रहरीलाई अनुरोध गरेका थिए । नेपाल प्रहरीले ९५ प्रतिशत अपराध नियन्त्रण तथा शान्तिसुरक्षा प्रदान गर्ने देशमा मुख्य भूमिका निर्वाह गर्दै आइरहेकोमा समेत जोड दिएका थिए ।
अञ्चल प्रहरी कार्यालय मेचीमा नवअगन्तुक बरिष्ठ प्रहरी उपरिक्षक पुष्पकलराज रेग्मीको सभापत्तिवमा भएको कार्यक्रममा तीन जना उत्कृष्ट प्रहरी कर्मचारीलाई नगद सहित सम्मान गरेको थियो । सम्मानित हुने इलाका प्रहरी कार्यालय बुधवारेका प्रहरी नायव निरीक्षक तुलसीप्रसाद निरौला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी हवल्दार देवेन्द्र भण्डारी र ताप्लेजुङ्गमा कार्यरत प्रहरी जवान खगेन्द्र निरौला रहेका छन ।
त्यस्तै प्रहरी परिवारको सन्ततीको तर्फबाट २०७० सालको एसएलसी परिक्षामा उत्कृष्ठ अंक ल्याउने मेचीनगरकी सन्ध्या भटटराई, चन्द्रगढीका नविन प्रधान, भद्रपुरका गौरव भटटाई र ताप्लेजुङ्गका सरदकुमार पाण्डेलाई जनही ५ हजार सहित सम्मान गरेको थियो । त्यसैगरी शान्तिसुरक्षको क्षेत्रमा प्रहरी कार्यलाई प्रविधि मैत्री बनाई सहयोग पु¥याउने मेचीनगरका श्रीप्रसाद मैनाली र सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद पाठकलाई कदरपत्र दिई सम्मान गरेको थियो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक मुकुन्दराज आचार्य, नागरिक एफएम भद्रपुरका प्रवन्धक निर्देशक चिन्तामणि दाहाल, सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद पाठक, पूर्व प्रहरी संगठन झापाका अध्यक्ष खडगबहादुर खडका लगायतले शुभकामना मन्तव्य राखेका थिए । बरिष्ठ प्रहरी उपरिक्षक रेग्मीले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सन्देश बाचन गरेको कार्यक्रमको सञ्चालन नायव प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले गरेका थिए ।