पुनः प्रहरीले अपनायो झापामा सुरक्षा योजना

0
448

भद्रपुर,असोज ३१ । नजिकिदै आएको नेपालीहरुको दोस्रो महानचाड तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै झापामा बिशेष सुरक्षा व्यवस्था अपनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला शान्ति सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको निमित्त विभिन्न बुदामा निर्णय गर्दै झापामा विशेष सुरक्षा व्यवस्था अपनाएको हो । आफ्नो सस्कृति अनुसार तिहार पर्वको अवसरमा खेलिने देउसी, भैलो जस्ता कार्यक्रम गर्दा मर्यादित र संयमित रुपमा खेल्न विहान ६ बजे देखि राती ९ बजे सम्म समय तोकिएको छ । सो पश्चात खेलिएको पाइएमा कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले बताए ।
त्यस्तै तिहार र छठमा बारुदजन्य बिस्पोटक पदार्थ पटका, आतीसबाजी र भुइचम्पा जस्ताले शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा असर पुयाउनुका साथै जनधनमा समेत क्षतिपुयाउने र ध्वनीप्रदुषण बढाउने भएकोले आयात, ओसारपोसार र बिक्रीवितरण निषेध गरिएको छ ।
त्यसैगरि कानुनमा निषेध गरिएको जुवा, तास, डाइस लगायत अन्य कुनै प्रकारको जुवाजन्य खेलहरु खेलाउने र खेल्नेमा पूर्ण रुपमा बन्देज लगाइएको छ । त्यसपश्चात पनि कानुन विपरित यस्ता कार्यमा लाग्ने सम्लग्न व्यक्तिहरुलाई पक्राउ गरि कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिने समेत सुरक्षा समितिको बैठकमा निर्णय भएको प्रजिअ नेपालले बताए । उनले भने– कुनै प्रकारका खेल तामासा देखाउने,  मेला लगाउने र सार्वजनिक स्थलमा मदिरा सेवन तथा बिक्रीवितरण पनि निषेध गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय झापाले पनि यसै निर्णय बमोजिम आफना मातहातका इलाका, वडा, सिमाना, चौकी प्रहरी कार्यालयका इन्जार्चहरुलाई निर्देशन गराइसकेको जनाएको छ । सम्बन्धित प्रहरी कार्यालयका इन्चार्जहरुले सो निर्णयको पालना नगरेको खण्डमा त्यसलाई पनि प्रहरी नियमवाली अनुसार कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here