पुस्तक हस्तान्तरण

0
429

purwanchal

पथरी,  असोज  ३१ । भारतको बनारसमा रहेको नेपाली पुस्तकालयका लागि पत्रकार एवम् साहित्यकार शङ्कर खरेलले आफूले लेखेका एक दर्जन पुस्तक हस्तान्तरण गरे ।

न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक खरेलले बनारस दूधविनायकस्थित नेपाली धर्मशाला पुस्तकालयलाई सेतो गाई, डम्बरकुमारी एट याहु डट कम, नगरशोभिनी, मेरो कथा, सुनैना, कालापानीमाथिको विजय, खिने दर्जीले गोली खाए, को१च७, एउटा फरक व्यक्तिलगायतका पुस्तक हस्तान्तरण गरे ।

सो पुस्तकालयमा साँझ बिहान नेपाली भाषी भेला भएर नेपाली साहित्यबारे चर्चा गर्छन् । हरेक दिन पुस्तकालयमा ३०० भन्दा बढी नेपाली र नेपाल भाषालाई माया गर्ने पाठक आउने गरेका बताइएको छ ।

बनारसमा हजारौँ नेपाली भाषीको बसोवास छ । यसबाहेक त्यहाँको धार्मिक गतिविधिमा नेपालीको सहभागिता बढी देखिन्छ । बनारसमा दुईवटा नेपाली धर्मशाला छ । काशी विश्वविद्यालयमा समेत नेपाली भाषालाई उच्च मान्यता दिइएको छ ।

चालीसको दशकसम्म बनारसमा नेपाली विद्यार्थीको चाप धेरै हुन्थ्यो । पञ्चायतकालमा बिपी कोइरालालगायत काँग्रेसका धेरै नेता र कार्यकर्ता बनारसमा भूमिगत बसेका थिए ।

गङ्गा नदीको तटमा रहेको बनारसमा जीवनको उत्तराद्र्धमा काशीवास जाने चलन थियो । बनारसबाट नेपाली भाषाका प्र्रशस्तै पुस्तक प्रकाशित हुन्थे । तीर्थाटनका लागि अहिले पनि भारी सङ्ख्यामा बनारस जाने नेपालीको सङ्ख्या बढेको देखिन्छ । हरेक वर्ष १० लाखभन्दा बढी नेपाली बनारसमा तीर्थका लागि जाने गरेका बताइन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here