बाह्रदशी २ मा कार्की नेतृत्वको कांग्रेसको प्यान लै निर्वाचित

0
433

झापा, बाह्रदशी गाउँपालिका २ को वडाध्यक्षमा भीमवहादुर कार्की नेतृत्वको नेपाली कांग्रेसको प्यानलै निर्वाचित भएको छ ।
गठबन्धन दलका तर्फबाट उम्मेद्वार बनेका कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार यादव मिश्रलाई पराजित गर्दै कार्की वडाध्यक्षमा निर्वाचित भएका हुन् । मिश्र २०७४ सालको स्थानीय तह निर्वाचनमा बाह्रदशी २ को वडााध्यक्षमा निर्वाचित थिए ।
कार्कीसंगै खुल्ला सदस्यमा इस्हाक आलम मिया र युवराज ढकाल निर्वाचित भएका छन् । महिला सदस्यमा रञ्जना वास्कोटा र दलित महिला सदस्यमा पुनम देवी खत्वे निर्वाचित भएको बाह्रदशी गाउँपालिका निर्वाचन अधिकृत पुष्पकलाल प्रसाईले जानकारी दिए ।
यस अघि बाह्रदशी गाउँपालिका वडा नम्वर १ मा समेत नेपाली कांग्रेसबाट टेक वहादुर राजवंशी नेतृत्वको प्यान लै निर्वाचित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here