माईमा एमालेको अग्रता कायमै, ९ नम्बर वडा विजयको नजिक

0
349

विमल दहाल, माई

माई नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ। हाल सम्मको २ हजार ८ सय ८२ मत गणना हुँदा एमालेका मेयर पदका उमेद्वार खम्वसिंह लिम्वूले १५३५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका धनकुमार लिम्वूलाई ६४३ मतान्तरले उछिन्दै एमालेले अग्रता कायाम राखेको हो । माओबादी केन्द्रका लिम्बुले ८९२ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उम्मेदवार लालवहादुर थापाले ४२ मत र चन्द्रकुमार फागो लिम्वु मंगोल नेशनल अर्गनाइजेसनले ३ मत प्राप्त गरेका छन।

शनिवार साँझवाट स्थगित रहेको मतगणना आईतवार विहान सर्वदलीय बैठक पछि सुचारु गरिएको छ। पछिल्लो मत परिणाम अनुसार उपमेयरमा हिमा भण्डारी नेकपा एमाले-१४९०, हेमवहादुर लिम्वु, नेपाली कांग्रेस-१०५० र सपना राई मंगोल नेशनल अर्गनाइजेसनले ३ मत प्राप्त गरेका छन्।

वडा अध्यक्ष तर्फ माई-९ मा एमाले प्यानलनै विजयको नजिक पुगेको छ। एमालेका वडा अध्यक्षका उमेरद्वार लिलाकुमार राईले-६४४ मत प्राप्त गर्दा नेकाका उमेरद्वार सोमबहादुर लिम्बुले ३६४ मत प्राप्त गरेका छन। कुल १ हजार २ सय ६७ मत खसेकोमा १ हजार ८३ मत गणना भएको छ। गणना हुन १८४ मत वाँकी रहँदा एमाले वडा अध्यक्षका उमेरद्वार २८० मतले अगाडि रहेका छन्। एमाले माई -९ प्यानलनै विजय नजिक पुगेको मतपरिणामले देखाएको छ।

पछिल्लो मत परिणाम अनुसार महिला सदस्यमा सोनिया लिम्बु-नेकपा एमाले-६३१, अमृता एक्तेन-नेपाली कांग्रेस-३५०, दलित महिला सदस्य कल्पना बिश्वकर्मा-नेकपा एमाले -६३१, कमला दर्जी-नेपाली कांग्रेस दलित-३१६, खुल्ला सदस्य बिनोद साउदेन-लिम्बु नेकपा एमाले-५९०, गणेश तामाङ्ग-नेकपा एमाले-६२२, धन बहादुर कटुवाल-नेपाली कांग्रेस-२८३ र राजु लोक्ताम-नेकपा माओबादी केन्द्र-३४४ मत प्राप्त गरेका छन्।

यता माई-८ मा पनि ४ सय ४० मत गणना हुँदा एमालेले अग्रता लिएको छ। एमालेका वडा अध्यक्ष अमृत वहादुर मोक्तानले २१२ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेकाका वीर बहादुर कन्दङवाले १४२ मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here