बाह्रदशीमा १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय

0
851

झापा, बाह्रदशी गाउँपालिकाले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी हिमाल सुवेदीले जानकारी दिए । स्थानीय तहको निर्वाचन पछि बाह्रदशी गाउँपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो गाउँपालिकाका सूचना अधिकारी सुवेदीले भने – बाह्रदशीमा तीन वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पठन पाठठन हुन्छ । ति विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क अध्ययनको व्यवस्था गरेको हो ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लगाईको अध्यक्षतामा भएको बैठकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो । आर्थिक अभावका कारण धेरै विद्यार्थीले कक्षा १० सम्मको अध्ययन पूरा गरी बीचैमा पढाई छाड्ने समस्या देखिएको र त्यसलाई रोक्दै सबै विद्यार्थीलाई सहज रुपमा कक्षा १२ सम्म पठनपाठन गराउन गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष चम्लगाईको भनाई छ ।
बाह्रदशी गाउँपालिकामा रहेका तीन वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा ५५० को हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
यो संगै बाह्रदशी गाउँपालिकाले २०७४ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान सहित विदाई गरेको छ भने गाउँ कार्यपालिका सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लगाई सहित उपाध्यक्ष शान्ता शिवाकोटी खरेल र प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाईले सम्मान सहित विदाई गरेका थिए । यो संगै निर्वाचन अधिकृत पुष्कलराज प्रसाई लाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै गाउँपालिकाको पहिलो बैठकले विभिन्न पाँच वटा समिति गठन गरेको छ । मन वहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरेको छ भने समितिको सदस्यमा मित्रराज भट्टराई र टंक शाह रहेका छन् ।
सामाजिक विकास समितिमा पञ्चानन् राजवंशी संयोजक रहेका छन् भने सदस्यहरुमा रत्न प्रकाश योङ्हाङ्ग र तारा थपलिया रहेका छन् ।
भौतिक पूर्वाधार विकास समितिको संयोजकमा लक्ष्मी निरौला अधिकारी चयन भएकी छिन् भने सदस्यमा रत्न प्रकास योङ्हाङ्ग र मन वहादुर राजवंशी चयन भएका छन् ।
वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा महताव आलम र सदस्यहरुमा भीम वहादुर कार्की तथा तारा थपलिया चयन भएका छन् ।
क्षमता विकास तथा सुशासन समितिमा तारा थपलिया संयोजक र रत्न प्रकाश योङ्हाङ्ग तथा रानी मुर्मू चयन भएकी छिन् ।
गाउँपालिकाको पहिलो बैठक अघि भएको निर्बतमान जनप्रतिनिधिलाई सम्मान सहित विदाई कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले गरेकी थिइन्. भने २०७४ मा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष निर्वाचित जनप्रतिनिधि रत्ना कुमारी राजवंशीले गाउँपालिकामा भए गरेका विकास निर्माण सहितको वस्तुस्थिति र आफ्नो पाँच वर्षे अनुभव सुनाएकी थिइन् । त्यस्तै वडा नम्वर ५ का निर्वतमान अध्यक्ष भुपेन्द्र कटुवालले समेत अधुरा रहेका योजनाका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमको संचालन गाउँपालिकाका योजना शाखा अधिकृत तेज प्रसाद रेग्मीले गरेका थिए ।

surendra sir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here