इटहरीबाट चोरीमा संलग्न दुई जना पक्राउ

0
382

सुनसरी ।

सुनसरीको इटहरी उप–महानगरपालिका–९ स्थित मोवाइल पसलबाट मोवाइल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगर रहेका छन् ।

उनीहरुले जेठ १५ गते राती मोवाइल पसलको सटर फोडी तीन लाख बरावरको बिभिन्न कम्पनीको मोवाइलहरु चोरी गरेका थिए । चोरी भएको जानकारी तत्कालै प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको तीन वटा मोवाइल सेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सुनसरी जिल्ला अदालतवाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here