राजस्व परामर्श समितिको बैठकमा :कर तथा दस्तुरबारे छलफल

0
485

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरको राजस्व परामर्श समितिको बैठकले आर्थिक ऐनको मस्यौदा -०७९ माथि छलफल गरेको छ ।

आज शनिबार नगर उपप्रमुख एवम् समिति संयोजक देवीमाया काफ्लेको संयोजकत्व र नगर प्रमुख मोहनप्रसाद तुम्वापोको विशेष आमन्त्रणमा बसेको समितिको बैठकले कर तथा दस्तुरका विषयमा छलफल गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट निर्माणको सन्दर्भमा आर्थिक ऐनको मस्यौदा प्रस्तुतिका लागि अवको कार्यपालिका बैठकमा पेश गरिने समिति संयोजक देविमाया काफ्लेले जनाउनु भयो । राजस्वका सम्बन्धमा लेखा प्रमुख पिताम्बर वस्तीले बोल्नु भयो ।

समितिमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, १ नम्बर वडाध्यक्ष भीमकुमार राई, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ नगर अध्यक्ष गुरुप्रसाद दहाल, उद्योग वाणिज्य संघका प्रतिनिधिका रुपमा वरिष्ठ उपाध्यक्ष यादवचन्द्र दुलाल सदस्य र राजस्व शाखा प्रमुख ताराप्रसाद ढकाल सदस्य सचिव रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here