मतदाता नामावली अध्यावधि कार्यमा क्रियाशील रहन मातहतका समितिहरुलाई निर्देशन

0
440

विर्तामोड।

नेपाली कांग्रेस झापाले मतदाता नामावली अध्यावधि कार्यमा क्रियाशील रहन मातहतका समितिहरुलाई निर्देशन गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले आगामी असार १ गतेबाट शुरु हुने मतदाता नामावली अध्यावधी कार्यमा खटिन निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले झापाका विभिन्न पालिका र वडामा निर्वाचित पालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडासदस्य, परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

बैठकले पार्टीको नीति, विचार, सिद्धान्त एवं जनचाहनाबमोजिम कार्य गर्न/गराउन उपयुक्त समयमा एकदिने प्रशिक्षण राख्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय सदस्य सुशिला ढकाल, नेपाली कांग्रेस १ नं प्रदेश समितिका सभापति उद्वव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतले पार्टी संगठन विस्तार, निर्वाचनका क्रममा प्राप्त उपलब्धी र आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा विचार राख्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here