महारानीगञ्ज माविमा पुस्तकालय सञ्चालन

0
443

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयमा आइतबारदेखि पुस्तकालयको उद्घाटन भएको छ ।

संघीय सरकारको सशर्त अनुदान छ लाख ५० हजार रुपैयाँसहित जम्मा छ लाख ८५ हजार तीन सय ५७ रुपैयाँ २८ पैसाको लागतमा सञ्चालनमा ल्याइएको उक्त पुस्तकालयको प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गरेका थिए ।

सो पुस्तकालयमा चार सय ५० प्रकारका नौ सयभन्दा बढी पुस्तक रहेको प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए । सोही कार्यक्रममा विद्यालयकोतर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत र निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान नगर प्रमुख हरिकुमार राना, उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष खगेन्द्र इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लवकुश गौतमलगायतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा प्रधानाध्यापक लिम्बूले विद्यालयको हालसम्मको गतिविधि र भावी योजनाहरु बारे जानकारी गराउँदै आवश्यक सहयोग उपलब्ध गराउन नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । शिक्षक सूर्य सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here