ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

0
328

झापा,

झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरादह नगरपालिका-१ निवासी रामप्रसाद अधिकारीका ९ वर्षीय छोरा गौरव अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

गौरादह-१ को सडकखण्डमा सोमबार साँझ ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्याक्टरले बालक अधिकारीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका बालकलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

यता ट्याक्टर र चालक कमल गाउँपालिका-१ निवासी २६ वर्षीय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here