कमल प्याव्सनद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन

0
352

उमानाथ भण्डारी,
कमल ।


वैशाख ३० गते सम्पन्न स्तथानिय तह सदस्य निर्वाचन बाट निर्वाचित जनप्रतिनिधीलाई अझैपनी बधाई तथा सम्मान प्राप्त भै रहेको छ । यसैक्रममा सोमवार निजी तथा आवासिय विध्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) कमल द्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापनका साथै परिचयात्मक कार्यक्रम गरेको छ ।

शिक्षा, स्वस्थ्य र कृषिलाई उच्च प्राथमिकता राखेर हामि अगाढी बढी रहेका छौ । निजी विध्यालयले कमल गाउँपालिकाको शिक्षाको क्षेत्रमा ठुलो योगदान पुर्याएको छ । गाउँपालिकालाई नमुना शिक्षाको रुपमा अगाडी बढाउन हामी हातेमालो गरेर अगाढी बढ्ने छौ । गाउँपालिकामा शिक्षाको क्षेत्रमा नौलो आयाम थप्न याहाँहरुको भुमिका महत्वपूर्ण हुने छ । गाउँपालिका बाट यस अगाडी खेलकुद ,सास्कृतिक लगायतका कार्यक्रममा सहयोग गर्दै आएकोमा त्यसलाई अझ व्यावस्थित गर्दै अगाडी बढ्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।

अहिलेपनि हामी गरिवीको रेखा मुनि छौ । त्यसैले हमीले मागेका सबैकुरा स्थानिय तहले पुरागर्न सक्छ भन्ने हामीलाई लागेको छैन । तर पनि केहि कुराहरु पुरा गर्न सक्छ ,निजी विध्यालय सन्चालनमा देखीएका साना मसिना कुराहरु पुरागर्न आवश्यक छ ।

जनताका आवश्यकता धेरै छन् , मंहगी दिनानुदिन बढी रहेको छ । यस तर्फ जनप्रतिनिधीले ध्यानदिन आवश्यक छ । निजी विध्यालय सन्चालनमा देखीएका साना समस्या मात्र हल गर्ने हो भने अविभावकलाई ठुलो राहात मिल्ने प्याव्सन प्रदेस सचिव कोषराज प्याकुरेलले बताए ।

हामीले आफ्नै लागानीमा विध्यालय सन्चालन गरेका छौ । त्यसैले स्थानिय सरकार सँग हामीले ठुलो आसपनि गरेका छैनौ. । तर पनि विध्यालय सन्चालनमा देखीएका केहि सम्स्यालाई हल गर्नको निमित्त हामिले स्थानिय सरकार संग माग गरेका छौ । यो भन्दा अधिल्लो स्थानिय सरकार संग गरिएका सहयोग लाई निरन्तता दिन र आवश्यक परे थप सयहयोग गर्नु पर्ने प्याव्सन झापा अध्यक्ष गौरीमान फागोले बताए ।

शिक्षा शाखाबाट हामीलाई अहिले सम्म राम्रो सहयोग पाएका छौ । गाउँपालिकाले समेत शिक्षालाई उच्च प्राथमिकतामा राखेको छ । अधिल्लो जनप्रतिनिधी संग हाम्रो सुमधुर सम्बन्ध थियो । नव निर्वाचित जनप्रतिनिधी संग पनि त्यस्तै सुमधुर सम्बन्ध कायाम रहने प्याब्सन कमलका अध्यक्ष बदीराम राईले बताए ।

शिवसताक्षी नगरपालिकाका प्याव्सनका अध्यक्ष राम सुहाङ्ग र गौरादह नगरपालिकाका प्याव्सन अध्यक्ष गंगाराम दुलाल समेतको उपस्थिती रहेको कार्यक्रममा प्याव्सन जिल्ला सल्लाकार रामहरी घिमिरेले शाब्दिक शब्द द्वारा स्वागत गरेका थिए भने सचिव दिपक संग्रौलाले सन्चालन गरेका थिए । कमल गाउँपालिकामा हाल १९ वटा प्याव्सन संग आवद्ध निजी विध्यालय सन्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here