आजदेखि हप्ताको दुई दिन बिदा खारेज

0
390

काठमाडौं,

सरकारले आजदेखि हत्पादको दुई दिन बिदा खारेज गरेको छ। आजदेखि बिदा र कार्यालय समय पुरानै कायम भएको गृह मन्त्रालयले जनाएको छ।

कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो।

यो निर्णय खारेज भएसँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ।

यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here