जंगली च्याउ खाँदा दुई जनाको मृत्यु दुई जना बिरामी

0
402

ओखलढुङगा ।

ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलका एकै घर परिवारका चार जनाले जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बिरामी भएका छन् ।

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया बिष्ट, उनका छोरा २७ बर्षीय राजन बिष्ट, राजनको श्रीमती २४ बर्षीया ढककुमारी लामिछाने र ३ बर्षीया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढककुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो ।

अन्य तीन जनालाई थप उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मनमाया बिष्टको ३१ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुई जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here