भारतीय नागरिक माईमा मृत भेटिए

0
434

विमल दहाल, माई ।

विगत दुई बर्षदेखि माई नगरपालिकामा ज्यालादारी गर्दै आएका भारतिय एक नागरिक शुक्रबारे वजारको एक खोल्सामा मृत भेटिएका छन्।

भारत दार्जिलिङ पोख्रेवुङ्ग स्थायी घर भएका ४० बर्षिय दाबा शेर्पाको वुधवार विहान माई–४ को अर्ने खोल्सीमा मृत भेटिएका हुन्। अत्यधिक मादक पदार्थ सेवन गर्ने शेर्पा स्थानीय क्षेत्रमा ज्यालादारी काम गर्ने गरेको प्रहरीले जनाएको छ।

मृतक शेर्पाको पोस्टमार्टमका लागि इलाम अस्पताल लगिएको छ। पोस्टमार्टम र लास ब्यवस्थापन सहितको कार्य माई नगरपालिकाले गरेको वडा नम्बर–४ का वडाध्यक्ष हेमबहादुर लायो मगरले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here