काठमाण्डौं ।

नेपालको राजकिय सत्तामा व्यवस्था परिवर्तनको कैयौं प्रयोग जनताले हेरिसके । तर व्यवस्था बदलिए पनि शासनमा बस्ने अनुहार र तिनका व्यवहारमा परिवर्तन आउन नसक्नु नै अहिले सम्मको राष्ट्रिय समस्याकाे विकारल रूप हो।
राष्ट्र र जनता प्रति रत्तिभर उतरदायी नभएका नैतिकहीन खेलाडीहरूले राष्ट्रसंग गरिरहेको खेलवाड़ बहुत कष्टप्रद छ । राम्राे भनि कामको जस लिने तर जनआक्रोश बढ्दा अरूको टाउकोमा बजारेर जनता लाई अलमलमा परिराख्ने सत्ताधारीहरुको प्रमुख हत्यार ने उनको रक्षा कवच बन्दै आएको छ।
हाम्रो आपुर्ति मार्ग दक्षिणी छिमेकी भारतको बाट प्रयोग भएर आउने गरेकाले हामिलाई बाटोमा हुने असहजता र संवैधानिक अवरोधलाई भारतको विरोध गर्नमा प्रयोग गर्ने गरेको छौँ ।
खासमा नेपालको लागि एउटा प्रमुख सहजता के रहेछ भने जुनसुकै समस्याको कारण भारतलाई देखाउन सकिन्छ । जून की सफेद झुट नै हो।
हिंदीमा एउटा प्रख्यात भनाई छ कि ” नाच नजाने ऑगन टेंढा” अर्थात् काम गर्न नजानी बहानावाजी गर्ने l हो धेरैलाई यहि बिमारी लागेको हुन सक्छ । तर यो भन्दा पनि एक कदम अगाडी गएर नर – पिशाचहरूले सुनुयोजित रुपमै अन्य निकाय र नेतृत्व माथी दोषारोपन गर्ने प्रवृतिको विकराल रूप समाज र राष्ट्रसामु पेश गर्ने गरेका छन।
नेपालमा गत पाच महिना यता पेट्रोलियम पदार्थको मुल्यमा एक दर्जन पटक मूल्य हेरफेर गरिएको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको एउटा कारण ठानिएको युक्रेन युद्द सुरु भए यता मात्रै नेपालमा सात पटक मूल्य समायोजन भएको छ। बिगत पाच महिनाकै तथ्यांक हेर्दा निगमले प्रती लिटर तीन रुपैयाँ देखि १० रुपैयाँ भाउ बढाउने गरेकोमा पछिल्लो पटक भने सब भन्दा धेरै वृद्धि गरेको थियो ।
पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चर्को बिरोध भएपछी सरकारले हस्तक्षेप गरेर मूल्य घटाएको छ। गत फागुन १२ गते बाट सुरु भएक युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न थालेको बताइन्छ। त्यस यता नेपालमा अहिले समेत गरेर नौ पटक मूल्य परिवर्तन भएको छ । जसमा सात पटक मूल्य बढाइएको छ भने दुई पटक मूल्य घटाइएको छ।
भारत माथिको आरोप:
नेपालले भारत सङ्ग पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै भारतले नेपाललाई पेट्रोलियम पदार्थको बिक्री गरिरहेको हुदा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा भारतको आयल निगमको कुनै सरोकार रहदैन ।
उस्ले जुन अन्तर्राष्ट्रिय मूल्य अनुसार खरिद गर्छ, नेपाललाई सोही अनुपातको मुल्यमा नै बिक्री गरिरहेको हुन्छ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्नु या बढ्नुमा भारतीय आयल निगम सङ्ग कुनै सम्बन्ध रहदैन, अन्तर्राष्ट्रिय मूल्य अनुसार नै भारतले नेपाललाई पेट्रोलियम पदार्थको बिक्री गरिरहेको हुनाले नेपालमा मूल्य समायोजन गर्ने दायित्व नेपाल आयल निगम र नेपाल सरकारको हो।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु मा सरकारले पेट्रोलियम पदार्थमा लिने सतप्रतिसत राजस्व नै हो । सरकारले पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा र डिजलमा प्रतिलिटर ४९ रुपैयाँ ५३ पैसा कर लिदै आइरहेको छ ।
भारतबाट सस्तोमा पेट्रोलियम पदार्थ खरिद गरे पनि सरकारको कर अत्याधिक रहेकाले इन्धनको मुल्य वृद्धि चरम भएको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर तत्कालका लागि छुट दिन बिज्ञहरुको सरकारलाई सुझाव रहदै आएपनि त्यसोहुन सकेको छैन ।
निगम नै हो जिम्मेवार:
नेपालमा अत्यधिक पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मुख्य कारण सरकारको कर र अर्को तर्फ निगममा भइरहेको अनावश्यक खर्च नै हो । जसले निगम लगातार घाटामा गइरहेको छ। भारतले तेलको भाउ बढ्दा कर छुट दिएर मूल्य समायोजन गर्ने गरेको छ, नेपालले नि त्यसरी कर छुट दिएर मुल्य घटाउनु पर्ने उपभोक्ताहरुको धारणा रहेको छ ।
निगमका कार्यकारी निर्देशक तथा संचालक समिती सदस्य उमेश प्रसाद थानीका अनुसार अन्तर्राष्ट्रिय मूल्य अनुसार नै नेपालमा पनि इन्धनको मुल्यमा घटबढ हुने बताउछन।
नेपाल आयल निगमले आन्तरिक खर्चहरुमा कटौती गर्न सके केही हदसम्म मूल्य घट्न सक्ने देखिन्छ। निगम कर्मचारीको बोनस, भ्रमण भत्ता, इन्धन खर्च, बैठक भत्ता जस्ता कुराहरुमा भैरहेको अनावश्यक खर्चलाइ कटौती गर्ने हो भने इन्धनको मूल्य घट्न सक्ने उपभोक्ता हरुको बुझाइ रहेको छ ।
निगमको पुर्बाधार बिकास भनौ या कर्मचारीलाई बाड्ने बोनस साथै अन्य खर्च आफ्नो नाफा बाट गर्ने हो। तर निगम ले अनावश्यक शीर्षक मा खर्च बडि गर्ने गरेको ले उपभोक्ताले त्यसकाे मार सहनु परिरहेको छ।
निष्कर्ष
भारतले कुनै अतिरिक्त शुल्क नलिई आफ्नो मुल्यमा पेट्रोल उपलब्ध गराए पनि नेपाल आयल निगमले आफ्नो कमजाेरी खुलाउन नसकेको भन्दै सीधै भारतविरुद्ध गुनासो गर्दै आएको छ ।
जनतासँग झुट बोलेर मात्रै होइन, आफ्नै भ्रष्टाचारबाट आफूलाई शुद्ध पार्न खोज्नु पनि अपराध हो । त्यसैगरी देश वर्षेनी अर्बौं डलरको ऋणमा डुबेको छ । बोझ बोक्न नसक्ने मानिसहरू प्रत्यक्ष बोझमा पर्छन्। जनता राजनीतिक दलको संघर्षमा संलग्न छन् । अब नेपालीहरु सचेत हुन जरुरी छ ।
वास्तविकता बुझ्न र सकारात्मक परिवर्तनको लागि खडा हुनु महत्त्वपूर्ण छ। भारतले नाफारहित मित्रताका लागि नेपाललाई छिमेकी मुलुकलाई सहयोग गरिरहेको छ, यसको अर्थ भारतले उच्च नाफाका लागि नेपाललाई तेल दिइरहेको छ भन्ने होइन । अब प्रतिपक्षीलाई जवाफ दिने र सरकारको ध्यानाकर्षण गर्ने बेला आएको छ ।































