बिराटनगर ।
प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले कार्यालयको पदभार ग्रहण गरेका छन् ।
गिरी नेपाल सरकार गृह मन्त्रालय (मानीनय मन्त्रिस्तर) को गत असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएर कार्यालयमा पदस्थापना भएका प्रहरी नायव महानिरीक्षक गिरीले बिहीवार कार्यभार सम्हालेका हुन् ।
नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका गिरीले यस अगाडि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपूर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सकेका छन्। बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरी सफलता हासिल गरेका छन् ।
त्यसैगरी उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत सफल नेतृत्व निर्वाह गरिससकेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भएपछि उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।































