अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

0
238

उदयपुर,

जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् ।

अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिनुभयो । अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उहाँले बताउनुभयो ।

अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भन्नुभयो“ ५० शय्याको अस्पतालका अधिकांश शय्या भाइरलका बिरामीले भरिएका छन् । अहिले अन्य उपचारको लागि आउने बिरामीलाई शय्यामा राखेर उपचार गन समस्या हुन थालेको छ । ”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here