बिर्तामोड।

झापाको बिर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा उद्घाटन भएको छ । एक कार्यक्रमकाबीच सोमवार ग्रेस इन्टरनेशनलका केन्द्रीय प्रबन्धक निर्देशक एन्ड्रयु पौडेल र ज्येष्ठ नागरिक तुलसीराम धितालले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
हनुमान कम्प्लेक्सको चौथो तलामा रहेको ग्रेस इन्टरनेशनल नेपालको १० औं शाखा हो । यसको मुख्य कार्यालय काठमाडौंमा रहेको छ । नेपालबाट नेपालीहरूले सञ्चालन गरेको ग्रेस इन्टरनेशनल विगत १६ वर्ष अघि स्थापना भएर एक विश्वासिलो शैक्षिक परामर्श दाताको पहिचान बनाउन सफल भएको बिर्तामोड शाखाका अध्यक्ष तथा प्रवन्धन निर्देशक दीपेन्द्र राउतले बताए ।
विश्वका विभिन्न देशहरूमा उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुको लागि सम्पूर्ण परामर्श प्रदान गर्दै आएको देशकै ठूलोमध्येको एक शैक्षिक परामर्श दाता संस्था रहेको र अष्ट्रेलिया, क्यानडा, यूके, न्यूजील्याण्ड, अमेरिका लगायतका देशमा विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि पठाउँदै आएको बिर्तामोडमा शाखाका सञ्चालक तथा शाखा प्रमुख पर्वत धितालले जानकारी दिए ।
‘अष्ट्रेलियाका अधिकांश यूनिर्भसिटी, हायर कलेज लगायतको आधिकारिक एजेन्सीको रुपमा काम गर्ने भएकोले ग्रेसमा विद्यार्थीले धेरैभन्दा धेरै विकल्प पाउन सक्छन् । विद्यार्थीको चाहना, क्षमता र आर्थिक तथा पारिवारिक अवस्थाका आधारमा विद्यार्थीलाई उनीहरूले चाहेकै अप्सन दिन सक्ने भएकाले पनि ग्रेस बिद्यार्थीको पहिलो रोजाइ बन्दै आएको छ । बिद्यार्थीले चाहेको देश, चाहेकै कलेज तथा युनिर्भसिटी र चाहेकै कोर्स तथा विषयमा पठाउन सक्ने भएकाले भोलिका दिनमा झापा, इलामलगायत बिद्यार्थीको पहिलो रोजाइ ग्रेस बन्ने कार्यक्रमका प्रमुख अतिथि, प्रबन्धक निर्देशक एन्ड्रयु पौडेलले बताए ।
नेपालमा १० वटा शाखा, अष्ट्रेलियाका सात वटै स्टेटमा सात वटा, लगायत भारतको दिल्ली, पाकिस्तान लगायतका ठाउँबाट बिद्यार्थीहरूलाई सेवा दिँदै आएको ग्रेसले बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको हो । नेपालबाट मात्रै ३० हजारभन्दा वढी विद्यार्थीहरुलाई सेवा प्रदान गरिसकेको ग्रेसले विद्यार्थीलाई करियर काउन्सिलिङ, भिसा प्रोसेसिङ, डकुमेन्टेशन लागायतका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
विद्यार्थीलाई नेपालबाट पठाउने, अष्ट्रेलिया पुगेका बिद्यार्थीलाई पनि आफ्नो अध्ययन अवधिभर कुनै प्रकारको शैक्षिक समस्या आइपरेमा सहयोग गर्ने भएकाले ग्रेस विद्यार्थी र अभिभावक दुवैको पहिलो रोजाइमा परेको सञ्चालकको दावी रहेको छ । उद्घाटन कार्यक्रममा बिर्तामोड प्याब्सनका अध्यक्ष उत्तम खनाल, ई–क्यान झापाका निवर्तमान अध्यक्ष सुमन शर्मा जमरकट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रणित पुडासैनीले गरेका थिए ।































