
यो तेस्रो पटकको मेरो नागार्जुनको यात्रा थियो मध्य असारमा । पहिलो पटक ४० बर्ष अगाडिको यात्रा गरेको थिए ।
दोस्रो पटक कहिले गइयो त्यो पनि निकै पहिले नै हो याद भएन । कुन–कुन ठाउँ कहिले–कहिले गइयो, गइन्छ सम्झना टिप्ने गरिएन । यसको मतलब म व्यवस्थित छदैछैन । हुन नचाहेको चाहिँ होइन । अब यो उमेरमा हुने कुरो पनि भएन ।
यो पटक यस्तो लाग्यो कि यो नागार्जुनमा कन्याम ल्याएर मिसाइ दिऊ । मलाई यस्तो लाग्छ कि कन्याम चाहिँ मरो आफ्नै पेवा हो । तर, सबै कन्याम नै उठाएर ल्याएर कन्याम चाहिँ फिका हुने रहेछ । त्यसैले मेरो कन्याम फिका पनि पार्न भएन ।
फेरि दिनहँु सयौं पर्यटकहरु हरेक दिन जो कन्याम र अन्तु गएर प्रकृतिको भरपुर आनन्द लिन्छन् । पाखा भञ्ज्याङ्गमा चिया र अम्लिसोले सजिएको मनोरम पाखाहरुमा फोटो खिच्ने र सेल्फी हान्नेको पालो पाउन गाह्रो हुन्छ । सजाएर राखेका र नाना थरीका फूलहरु फूलेका सफा र सजिएका एकछिन भए पनि बसि दिऊ जस्ता हेरु–हेरु लाग्ने घरहरु ।

छुट्टीका दिन गाडी पाकिङ्ग गर्ने ठाउँ हुन्न । रातै बस्नेको लागि राम्रा सुबिधायुक्त होटेल छन्, नपुगेर थप बन्दैछन् । केही परतिर श्री अन्तुमा सूर्योदयको मनोरम दृष्यका लागि अघिल्लै दिनदेखि सम्हाली नसक्ने भीड जम्मा हुन्छ । यसको आकर्षणले आज भित्तो, पाखो पनि एक घडेरीको करोड भन्छन् । म त बुझ्दा पनि बुझ्दिनँ । यस्तो हाम्रो कन्यामलाई म कसरी नागार्जुनलाई लगेर मिसाई दिऊ त !
अब यसो गरे कसो होला ?
अब यसै गरी दिउन् त ? कसो होला…हँ आइडिया… ढिलो गरेर यो क्षेत्रीको लाटो बुद्धी फु¥यो । के भने पश्चिम पाखामा मात्र नगरकोटको बसोबास फैलिएको छ, रमाइला पाखाहरु छन् । तल–तल, राम्रा–राम्रा घर देखिन्छन् । ती सबैमा साना–मसिना गाडीका लागि खनिएका बाटो हुन भन्ने देखिन्छन् । थुप्रै महँगा–महँगा होटलहरु पनि निकै बनिइसकेछन् । तर, टाढा–टाढा देखिने डाँडा तल अझ तल चाहिँ बटारिएर बगेको सप्तकाशी मध्येको कुन कोशी हो देखिन्छ, तर नागार्जुन आफू भने श्रृंगारविहीन जस्तै छ ।
खुद नागार्जुनलाई भने अब सिगार्ने काम नै यहाँको पहिलो काम हुन सक्छ । ती तल–तल र टाडा नजिकका सबै बासिन्दालाई अब नागार्जुनमा जुटाऔं, ती साना–ठूला होटलका मालिक व्यवस्थापकलाई समेत जुटाई चियाखेती लगाउनका लागि उत्पेरित गरौं । अर्थात् कन्याम बनाउने मन्त्रदान गरौं । आफनो आफ्नो जग्गामा चिया लगाउन उनीहरुलाई चियाखेतीका लागि घुमाउन दृष्यालोकनका लागि इलाम, पाँचथर लैजाऔं ।
त्यहाँका स्थानीय बासिन्दाहरुसँग भेट गराऔं चिनापर्ची गराऔं । उनीहरुको सम्पन्नताको साचो के हो पनि बुझाऔं । उत्साहित गरौं । उनीहरु सहमति भएपछि उनीहरुलाई जग्गा–जमिनको तह–तह ढाल मिलाउने काममा सल्लाहका लागि इलामका केही अग्रणी किसानलाई त्यस क्षेत्रमा चियाका बिरुवा रोप्ने समयका लागि नियुक्त गरौं ।
चियाको बीऊ तयार गर्न लगाऔं । तीन÷चार बर्षसम्ममा लगाइसक्ने योजना बनाइ कार्य अगाडि बढाऔं । चियाले डाँडाकाँडा ढाकेपछि अनि हेरौं नागार्जुनको सौन्दर्य । अनि हेरौं मानिसहरुको आवागमनको भीड । अझ तीनजुरे पनि यही नागार्जुनमा ल्याइदिउला !
भक्तपुरबाट उकालो लागेपछि बाटोको दुबैतिर लालीगुँरास रापौं र हुर्काऔं । ढकमक्क फुलाई दिऔं । तीनजुरे बिर्साइ दिने गरी…!
अब नागार्जुनलाई कन्याम मात्र होइन तीनजुरे पनि ल्याएर जोडी दिउला । आँखा चिम्लेर कल्पना गरौं त बाटोको दुबै साइडमा फूल ढकमक्क फुलेको लालीगुँरासको सुरुङ्ग जस्तो बाटो होस् ।
चियाबारीले सजिएको कन्याम बिर्साउने डाँडापाखा । बाटो चौडा र सहज बनाइदिउला । अझ थुप्रै होटेल खुल्लान् । नागार्जुनलाई प्रकृतिले बेहुली सिगारे झैं सिगारि देला । अनि तपाईसँग कुम जोडेर सेल्फी हानौंला, हुन्न ?
नागार्जुनको पाखामा कन्याम र अन्तु अनि तेह्रथुमको तीनजुरे मिलाइ दिएपछि थाम्न पो सकिएला के ? साकार नभए पनि कल्पना गर्न त फ्रि नै होला नि त !



























