सक्कली के छ र ?

0
410

‘लौ सत्यनाश भएछ । के सुन्न प¥यो जगते ?’
‘किन के भयो र काका ?’
‘लौ तैले समाचार सुन्दैनस् ? पत्रपत्रिका पढ्दैनस् ?

‘ह्या काका पनि । के भयो भन्नुन ? अनि फुर्सदमा कहाँ हुन्छु र म ?’ जगते जिज्ञासु नजरले काकातर्फ हेर्दै सोध्छ ।
‘दुबैका राजकुमार नक्कली रे । सुनको लौरो नक्कली रे । सुनिनस् ?’ काका गललल हाँस्दै जवाफ फर्काउँछन् ।
‘होइन त्यत्रो मिडियामा आएको कुरा पहिला सबै सक्कली थिए अहिले कसरी नक्कली भयो अनि ?’ जगते काकातर्फ हेर्दै प्रश्न तेर्सायो ।
कपाल कन्याउँदै काकाले उत्तर दिए– ‘खै त्यो त म के जानौं ?’

काका थप भन्दै थिए– ‘हुन त बाबु राम्रो काम गरे वापत स्याबासी कहाँ पाइन्छ र ? यी प्रसाईले मोफसलमा एउटा गुणस्तरको अस्पताल खोलेका छन् त्यसकै बिरोध नि गर्छन् । खोइरो खन्ने र आफ्नो प्रमोशन गर्ने त मिडिया न हो । चाहे त्यो सही होस या गलत तर केही मिडियाले आफू बाजी मार्न जस्तै नि प्रचार गर्न सक्छन् । अझ युट्युवे पत्रकारको बिगबिगी रहेको हाम्रो समाज कस्तो होला आफै सोच न ?’

‘गम्भीर बिषय उठाउनु भयो काका । तर हुन त नेपालमा सक्कली के नै छ र ?’
‘किन बाबु ?’ काका अन्योलको भावमा जगते तर्फ हेर्छन् ।

‘घोषणापत्र सक्कली तर नेता आए नक्कली, आश्वासन सक्कली तर कार्यान्वयन नक्कली । कोही डाक्टर सक्कली तर प्लस टु कागज नक्कली । कोही मास्टर सक्कली एसएलसी सर्टिफिकेट नक्कली ।’
सानो छ्न्दमा जगते निराश भावले स्प्ष्ट हुन खोज्दै भन्छ– ‘नेता, डाक्टर अनि मास्टर मात्र हुन त नक्कली ? तेरो कुराले सचेत गरायो मलाई अन्य नि होलान् नि ?’ –काका जगतेलाई थप सोध्छन् अनि छेउको बोतलको पानी पिउन लाग्छन् ।

जगते अझ निरुत्साहित हुँदै भन्छ– ‘एयरपोर्ट कानून सक्कली तर कर्मचारी नक्कली । सुन आउँछ सक्कली तर भेट्दा हुन्छ नक्कली । १० ग्राम पो सक्कली तर ३३ केजी नक्कली’ यति भनिरहँदा काका रोक्दै भन्छन्– ‘हो है जगते ठिक भनिस् । त्यही त यो लौरो आउँदा भन्सार विभागमा केही जानकारी थिएन रे । खै कसरी छि¥यो अध्यागमन विभागबाट भित्र । कसैले आधिकारिक आएको भनेका छैनन् फेरि ।’
‘हो हो काका । अब नेपालको कानून नेताले जानुन् ।’ –जगते विचाराधीन हुँदै भन्छ– ‘गल्ती देखियो प्रमाण चाहिन्छ, प्रमाण जुटाउन समिति चाहिन्छ, अपराध त्यहाँ प्रष्ट देखिन्छ, तर अन्तिममा सक्कली प्रमाण मेटिन्छ ।’

जगते केही छानविन समितिको अस्पष्ट एवम् ढिला साथै सक्कली बिषयवस्तु परिमार्जन गर्दै नक्कली बनाउने कार्य प्रगतिका कारण आफ्नो आक्रोश पोख्छ । ‘जगते अनि सबै सक्कली प्रमाण भेटिरहँदा नि दोषीलाई उन्मुक्ति दिने नियम के बिडम्बना होला है नेपाली जनताको ?’ काका कौतुहुल हुँदै सोध्छन् ।

‘आश्वासन र सुशासन नक्कली, न्याय दिने प्रणाली नक्कली, कहाँ गए अधिकारवादीहरु, उनीहरुको कार्यशैली नक्कली ।’ –जगते थप भन्छ– ‘हेर जगते तैले राजनीति मात्र जोडिस अन्य क्षेत्रमा पनि त यस्तै नक्कलीतन्त्र हाबी भएको होला नि ?’ –काका जगतेलाई प्रश्न गर्छन्– ‘छ नि काका । किन नहुनु देशमा केही स्थानमा यस्ता धेरै नक्कली प्रवृत्ति हाबी भएको छ ।’ जगते एकछिन सोच मग्न हुन्छ ।
काका– ‘जस्तै ?’

जगते एकछिन एकोहोरी रहेर पढिरहेका पाठकहरु तर्फ औला देखाउँदै भन्छ– ‘जस्तै… ल पाठकवर्ग सबै तपाईं माझ छाडे । थप्दै जानुहोला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here