बिर्तामोड राउण्ड टेबलमा अमित

0
483

झापा,  बिर्तामोड राउण्ड टेबल २७ को पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । भारतको दार्जिलिङस्थित होटेल रमादा २०२२ अगष्ट १ मा सम्पन्न सभाले नयाँँ नेतृत्व समेत चयन गरेको छ ।
सुमित साहेवालाको सभापतित्वमा भएको बन्द सत्रले अमित वंसलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा निरज चौधरी, सचिवमा मनोज गोगल, कोषाध्यक्षमा विकास अग्रवाल, चयन भएका छन् ।
बिर्तामोड राउण्ड टेबल पूर्व अध्यक्ष मनिस सहेवालाद्वारा सञ्चालन गरिएको कार्यक्रम संयोजक रमण गोयल र अमित बंसलले गरेका थिए । कार्यसमिति एक वर्षे रहने बताइएको छ । कार्यक्रममा बिराटनगर राउण्ड टेबल १५ क पूर्ब अध्यक्ष तथा राउण्ड टेबल नेपाल क राष्ट्रिय प्रोजेक्ट कन्वेनर रविश सहेवाला , पूर्व अध्यक्ष जितेश शर्मा , मनिष सहेवाला , उद्योग बाणिज्य संघ बिर्तामोडका कार्यसमिति सदस्य दीपक मित्तल , रितेश मंगल , रिस्हब मित्तल , प्रकाश चौधरी , रोशन प्रसाई लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here