बालबालिकाप्रति अभिभावकको भूमिका

0
339

हरेक अभिभावकहरुको सपना हुन्छ कि, आप्mना सन्तानहरुले राम्रो शिक्षा, संस्कार पाउन् । गुणवान, निष्ठावान, नीतिवान र सत्गुणले भरिपूर्ण होउन् । बुढेसकालका आप्mना बलिया र भरपर्दा सहारा बनुन् । यो सबैका लागि अभिभावकले आप्mना नानीहरु माथि राम्रो लगानी पनि गरेका छन् । तर, अपेक्षाकृत नतिजा प्राप्त हुन किन सकेको छैन भन्ने विषयमा कसैको पनि ध्यान गएको देखिँदैन । यसमा शिक्षा प्रशासन निकाय, अभिभावक र विद्यालयहरुले ध्यान पु¥र्याउन नसक्नु प्रमुख कारण हुन सक्छ । शिक्षा क्षेत्रमा आप्mनो करिब डेढ दशकको अनुभवमा मैले देखेका र जानेका यी विषयहरुमा आज खोतल्ने प्रयास गर्दैछु ।

कुनै अभिभावकलाई, विद्यालयलाई, विद्यार्थीलाई र शैक्षिक प्रशासन र मातहतका कार्यालयहरुप्रति मेरो कुनै आग्रह–पूर्वाग्रह होइन । यसमा हामी सबै उत्तिकै जिम्मेवार छौं । अब यो सबैको चासो र सरोकारको विषय बन्नुपर्छ । अब यी विषयहरुमा खोजी गर्न र आपूmलाई सुधार्न ढिलो भइसकेको छ ।

आज हामीले आप्mना नानीहरुका लागि जति आर्थिक लगानी गर्न सके पनि उनीहरु माथि आप्mनो समय दिन सकेका छैनौं । बालबालिकाहरुको शारीरिक विकाससँगै मानसिक विकास हुने र सँगै छिट्टै मुड स्वीङ्ग हुने र स–साना कुराले पनि छिट्टै खुशी हुने हुनाले हरेक समयमा अभिभावकको साथ अपरिहार्य हुन्छ । आजको पुस्ताका हरेक अभिभावकहरु प्रायः शिक्षित छन् । तर, उनीहरुसँग नानीहरुलाई दिने समय छैन र समय नहुनुको पनि कारण छ ।

आज हामी सामाजिक सञ्जालमा यति व्यस्त छौं कि हामीले न्यूनतम औपचारिकता तथा गर्नैपर्ने कामहरुलाई समेत बेवास्ता गरिरहेका छौं । आज हामी नानीहरुका लागि केही गर्न भ्याउँदैनौं भन्ने ठूलो गुनासो गर्छौं । तर, चौबीस घण्टामा बाह्र घण्टा हामी सामाजिक सञ्जालमा हराइरहेका हुन्छौं । तर, उक्त समयलाई हामी नानीहरुको साथमा बिताउने, पढाइमा सघाउने, अनुशासनका पाठहरु सिकाउने, विद्यालयका लागि आवश्यक तयारी गरी दिने जस्ता कुरामा उदास छौं, त्यसैको नकारात्मक असर आजका विद्यार्थीहरुले भोगीरहेका छन् ।

अभिभावकहरुले आप्mना नानीहरुलाई यतिमाया गर्छन् कि व्यक्तिगत मोबाइल किनिदिन्छन्, स्कूलमा खाजाका लागि के मन पर्छ त्यही खानु भनेर जति पनि प्याकेटका खानेकुरा दिन्छन् । तर, उनीहरुकै गुनासो छ, घरमा पढ्दैन, मोवाइल मात्र चलाउँछ, खाली बजारको खानेकुरा खान्छ, खाना खान मान्दैन । तर, हामी विचार गरौं त यी सबैको कारण के हो ?

एउटा गाईले आप्mनो बाछोलाई माया गर्दै यति चाट्छ कि त्यसले चाटेका ठाउँमा बिस्तारै घाउ भएर बढ्दै गएपछि त्यो बाछो त्यही माउको अत्यधिक मायाले गर्दा मर्छ । हामीले गाईले जस्तो आप्mना सन्तानलाई मर्ने गरी माया नगरौं । स्वस्थ भएर, निरोगी भएर, शिक्षित र जिम्मेवार भएर बाँच्न सक्ने गरी माया गरौं । हामी आफैं उनीहरुलाई मोबाइल किनिदिन्छौं र उनीहरुका नाममा टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालका प्रायः सबै आइडी बनाइ दिन्छौं । समय भए पनि घरमा टिफिन बनाएर खुवाउनुको सट्टा मन लागेको कुरा खान जति पनि पैसा दिन्छौं । नानी गृहकार्य गर्न बसेका बेला हामी मोबाइलमा व्यस्त हुन्छौं अनि उनीहरुले केही कुरा सिकाइ माग्दा हामी वास्तै गर्दैनौं ।

यतिसम्म कि, विद्यालयले पत्र मार्फत के जानकारी पठाएको छ भन्ने समेत अभिभावकहरुलाई थाह नभएको भेटिएको छ । यसको अर्थ उनीहरु नानीका पुस्तक, अभ्यास पुस्तिकाहरु, गृहकार्यहरु के–कस्ता छन् भनेर झोला समेत हेरेका हुँदैनन् । हाम्रो यस्तो व्यवहारले गर्दा आज नानीहरुको आचरण, व्यवहार सबै अस्तव्यस्त बनेका छन् । अभिभावकहरुको यस्तो लापरवाही र पढाइप्रति विद्यालयको खबरदारीले नानीहरुमा पढाइ बोझ र निराशा बन्दै गइरहेको छ । उनीहरु झगडालु बन्दै गइरहेका छन् ।

अर्को कुरा आप्mना नानीहरुले मोबाइल चलाउन जान्नु, मोबाइलका बिभिन्न कार्य सुविधाहरु जान्नु, सामाजिक सञ्जाल खाता बनाउन सक्नु र चलाउन जान्नुलाई ठूलो र उपलब्धि र गौरवको रुपमा बुभ्mने र अरुलाई सुनाउने गरेको पाइन्छ । अभिभावकहरुको आप्mनो कामको व्यस्तता त हुन्छ नै तर बचेको समय पनि सामाजिक सञ्जालमा नै अल्झिरहने हुँदा त्यो समय नानीहरुलाई भौतिक अभिभावकत्वको सट्टा मोवाइल दिएर भुल्याउने बानी पारेकोले थाहै नपाइ नानीहरुमा मोवाइलको लत बसिसकेको हुन्छ र त्यो लत छुटाउन गाह्रो हुन्छ ।

अर्को कुरा आजकालका नानीहरुमा संस्कार, मौलिकता र देशप्रतिको प्रेम भावना र नेपाली भाषाप्रतिको अपनत्व कम हुँदै गइरहेको छ । यो आमअभिभावकको गुनासो र देशको भविष्यप्रतिको गम्भीर लक्षण पनि हो । तर, यसको समस्याको समाधानको केन्द्रविन्दु के हो त ? समस्या कसरी सृजना भएको छ ? भन्ने बारेमा विवेचना गरौं ।

आज अंग्रेजी शिक्षाको मोह यसरी बढेको छ कि नेपालमा जन्मेका बालबालिकाहरुको पहिलो शब्द प्रायः आमा हुन्छ, तर अभिभावकहरु आप्mना नानीहरुलाई आपूmले जाने जति हरेक कुराहरु अंग्रेजी शब्दमा बोली दिन्छन् । ता कि आप्mनो बच्चाको अंग्रेजीमा राम्रो दखल रहोस् । तर, हामी कहाँ चुकिरहेका छौं भने हामी अंग्रेजीलाई एउटा शिक्षाको रुपमा महत्व दिइरहेका छौं । तर, यो एउटा भाषा हो । ग्लोबल समाजमा हरेकले सञ्चार आदान–प्रदान गर्ने माध्यमको रुपमा अंग्रेजीको महत्वलाई कसैले नकार्न सकिँदैन । तर, आप्mनो मौलिक भाषाभन्दा ठूलो अरु कुनै भाषा हुन सक्दैन । आफ्नो मौलिक भाषा नभएकाले हामीलाई अंग्रेजीमा शत् प्रतिशत दखल राख्न समस्या त हुन्छ नै साथै आप्mनो भाषाप्रतिको उदासिनताले राष्ट्रको पहिचान नै संकटमा पर्ने भय नजिकिँदैछ ।

एकपटक एउटा रुपीले भँगेरोलाई देख्यो । भँगेराको हिँडाइको चाल नै उफ्राई हो । रुपीलाई त्यही भँगेराको हिँडाइको चाल मन प¥यो र उसले उफ्रिँदै हिँड्न थाल्यो । अर्को पटक उसले हाँसको हिँडाइ देख्यो । उसलाई हाँसकै हिँडाइको चाल मन प¥यो । भँगेरो र हाँसको हिँडाइ नक्कल गर्दागर्दै रुपीले आप्mनो वास्तविक हिँडाइ बिर्सियो । आज पनि रुपीको हिँडाइको आप्mनो चाल छैन, कि त ऊ भँगेरो जस्तो उफ्रिन्छ । कि त हाँस जस्तो हिँड्छ । त्यस्तै भोलि हामीमा आप्mनो भाषिक पहिचानको संकट आउने सम्भावना आज नेपाली भाषाप्रतिको उपेक्षा र उदासिनता र यसको संरक्षणको अभावमा झेल्नुपर्ने अवस्थालाई आजै सोच्नुपर्ने बेला आएको छ ।

अंग्रेजी भाषाप्रतिको मोह मात्र होइन, हिन्दी सिरियल, चलचित्र, कार्टुन पनि अर्को कारण बनेको छ । आजका नेपाली बालबालिकाहरुलाई हिन्दीको असर यति परेको छ कि उनीहरुले एउटा वाक्य पुरै नेपालीमा बोल्न सक्दैनन् । यो तीतोसत्य हामी सबैले देखे भोगेका छौं । अभिभावकहरु स्वयम् नै नेपाली गीतभन्दा हिन्दी गीतहरु सुन्ने, हिन्दी चलचित्र अनि विशेष गरी महिला अभिभावकहरुको हिन्दी सिरियलप्रतिको मोह त झनै विकराल बन्दै गइरहेको छ । यदि यी कुराहरुमा हामी आजै नसच्चिने हो भने यो लेखको शुरुमा मैले उठान गरेका आप्mना नानीहरु प्रति अभिभावकको सपना सधैँ सपना मात्र रहने प्रबलता देखिन्छ ।

आज अभिभावकहरु नानीहरुलाई तीस हजारको एन्ड्रोइड मोबाइल दिनुहुन्छ । तर, दुई तीन हजारको मादल किनिदिनुहुन्न । अनि मादल हाम्रो लोक बाजा हो भन्ने यसको महत्व कसरी बुभ्mछन् ? हजारौं पर्ने फेन्सी र जिन्स किनिदिनुहुन्छ, त्यो भन्दा कम खर्चमा पाउने दौरा–सुरुवाल किनिदिनुहुन्न अनि राष्ट्रिय पोशाकको मोह कसरी बुभ्mछन् ? भिडियो गेमहरु किनिदिनुहुन्छ, तर एउटा बाँसुरी किनिदिनुहुन्न अनि प्रकृति मै संगीतको स्रोत र आनन्द कहिले महशुस गर्छन् ? यी कुराहरु मूल्यमा सस्ता भइकन पनि हाम्रो भूगोल, इतिहास, स्वभिमान र मौलिकताका सवालमा अमूल्य छन् भनेर कहिले बुभ्mछन् ? मोवाइलमा खेल्ने समय दिनुहुन्छ, तर आप्mना समयका अनुभवहरु साट्नुहुन्न ।

संस्कृति हस्तान्तरण गर्ने समय निकाल्नुहुन्न बरु आपूm पनि इन्टरनेटको दुनिया र सामाजिक सञ्जालमा समय बिताउनुहुन्छ । साँझमा नानीहरुलाई गृहकार्य गर्न सहयोग गर्नुको सट्टा मोबाइल र कम्प्युटरमा रमाइरहनुहुन्छ । अनि त्यो बच्चाले कहिले मातापिता र परिवारप्रतिको अपनत्व महशुस गर्छ ? कसरी संस्कृति र सभ्यता सिक्छ ? अनि हामी गुनासो गर्छौं केही टेर्दैन, मोवाइल मात्र खेलाउँछ । एक पटक हामी यी सबै समस्याहरुमा चिन्तन गरौं अनि आपूmलाई सच्याऔँ । बच्चाहरुमा सकारात्मक परिवर्तन अवश्य आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here