भिभो भी २१ ई को मूल्य घट्यो

0
470

काठमाडौं ।

२०७९ ःविश्वव्यापी अग्रणीस्मार्टफोन ब्रान्ड,भिभोले आफ्नो सर्वाधिक रुचाइएको स्मार्ट फोनमध्ये एक भी२१ई को मूल्य घटाएको छ । भी२१ई को मूल्य दुई हजार रुपैंयाले घटेको छ र योअब नयाँमूल्य रु. ३७,९९९ मा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इ–कमर्समा लागू हुनेछ ।

भिभो नेपालका सीईओ माइकलले भने– हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणासँंगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गरेका छौं । भी२१ई एक सुविधायुक्त स्मार्ट फोन हो,जसले प्रयोगकर्ताहरूलाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ ।

भिभोमा उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौं– उनले भने । भी२१ई मा ४४ एमपीआई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा एआई नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरु लिन सकिन्छ । यसको उत्कृष्ट इन क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्वीरहरू, राम्रो नाइट सटहरू, र फोरके गुणस्तरमा अल्ट्रा स्टेबल भिडियोहरू लिन सकिन्छ। शक्तिशाली ४४एमपीआई अटोफोकस फ्रन्ट क्यामेराको एफ÷२.० एपर्चरको साथै प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिन्छ ।

एआई नाइट पोट्रेटको साथमा, मल्टी फ्रेम नोइजरिडक्सन एल्गोरिथ्म र एआई हाइ डेफिनिशन टेक्नोलोजी संयोजन गरिएको छ, जसका कारण प्रयोगकर्ताहरूलाई उत्कृष्ट नाइटफोटो खिच्न सजिलो हुन्छ ।
डुअल–भ्यू भिडियो, स्लो–मो सेल्फी भिडियो, फोर के सेल्फी भिडियो, र स्टेडिफेस सेल्फी भिडियो जस्ता उच्च–स्तरीय विशेषताहरूले प्रयोगकर्ताहरूलाई चाहे जस्तो परिणाम दिन्छ । एकै समयमा, प्रभावशाली ६४एमपी नाइट क्यामेराले क्रमशः म्याक्रो फोटोग्राफी, वाइड–एंगल र थप जटिल सटहरू सहित उत्कृष्ट इमेज क्वालिटी प्रदान गर्दछ ।

फोनको फ्रन्टमा सहज भिजुअल इफेक्ट, कममोसन ब्लर, र समग्रमा उत्कृष्ट दृश्य अनुभवको लागि एचडी आर १० सँग भाइब्रन्ट ई३ एमोलेड डिस्प्ले छ । यसको अल्ट्रा स्लिम बडी ७.३८ एम एम पातलो छ र तौल केवल १७१ ग्राम रहेको छ । यो दुई आकर्षक रंग रोमन ब्ल्याक र डायमंड फ्लेयर रंगमा उपलब्ध छ । भी २१ ईमा क्वालकम स्न्यापड्रेगन ७२० जीप्रोसेसर छ जुन ८जीवी ¥याम र १२८जीवी रोममा, ३जीवी एन्सटेन्डेबल ¥यामको साथ आउँछ ।

यो इमर्सिभ गेमिङ अनुभवको लागि अल्ट्रा गेम मोडको साथ आउँछ । ३३ वाट फ्ल्यास–चार्ज सुविधाको साथ प्रयोगकर्ताहरूले निर्धक्क भएर आफ्नो कार्यहरु गर्न, फोटोहरु खिच्न, गेम खेल्न सक्नेछन् । रु. दुई हजारले मूल्य घटेसँंगै भी२१ई देशभरको रिटेल स्टोर र इकमर्समा उपलब्ध भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here