न्यूटन एसईईमा उत्कृष्ट

२० श्रावण २०७९, शुक्रबार मा प्रकाशित

झापा ।

झापाको बिर्तामोड नगरपालिका – ५ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमीमा अध्ययनरत् विद्यार्थीले २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

एसईईमा सहभागी विद्यार्थी १२६ जना मध्ये १८ जना बिद्यार्थीले ए प्लस, ३२ जना विद्यार्थीले ए, ३७ जना विद्यार्थीले वी प्लस, ३५ जना विद्यार्थीले वी, र चार जनाले सी प्लस तथा सी ग्रेडमा उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुँमागाईले जानकारी दिए ।

विगतका वर्षदेखि नै न्यूटन एजुकेशन फाउण्डेशनले एलएलसी तथा एसईर्ईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

२०७८ सालको एसइई परीक्षामा सहभागी मध्ये अधिकांश विद्यार्थीले उत्कृष्ट जीपीएका साथ एसईई परीक्षा उत्तीर्ण गरेको भन्दै विद्यालय परिवारले सबै विद्यार्थीलाई बधाई तथा शुभकामना दिएको थियो ।

प्रिन्सिपल हुँमागाईले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग गर्ने शिक्षक तथा अभिभावकहरुलाई समेत धन्यवाद दिएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here