बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

0
278

काठमाडाैँ ।

राष्ट्रिय एकता अभियानले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री नारायण खड्काको तीन दिवसीय चीन भ्रमणको सफलताको कामना गरेकाे छ ।

अभियानका अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ,’यो भ्रमणले दुवै देशबीचको मित्रता र भाइचारालाई थप प्रगाढ बनाउनेमा हामी विश्वस्त छौ। सो भ्रमणको क्रममा नेपाल -चीन सम्बन्धमा देखिएका तत्कालिन समस्याहरूको समाधान हुने पनि अपेक्षा राख्दछौँ।’

अभियानले परराष्ट्र मन्त्रीलाई विभिन्न ५ मुद्दामा चिनियाँ सरकारसँग छलफल गरेर सामाधान गर्न सुझावका साथ आग्रह समेत गरेकाे छ ।

नेपाल-चीन सीमामा रहेका सीमास्तम्भ, दशगजा अतिक्रमण, नेपाली भूमिमा चीनद्वारा बनाएइका संरचनालगायतका समस्याहरूका विषयमा छलफल गर्न अभियनाले आग्रह गरेकाे हाे ।

त्यस्तै नेपाल-चीन नाकाहरूमा लामो समय भइरहेको अघोषित नाकाबन्दीकाे विषयमा पनि छलफल गर्न अभियानले आग्रह गरेकाे छ। कोभिड पूर्व चीनका विभिन्न विश्वविधालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको अध्ययनमा आएको अवरोध निवारणकाे विषयमा पनि छलफल गर्न अभियानले आग्रह गरेकाे हाे ।

त्यस्तै नेपालमा चिनियाँ नागरिकहरूद्वारा फैलाइएको आपराधिक सञ्जाल तथा बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न अभियानले आग्रह गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here