अहिले रुस र चीन साम्राज्यवादी बन्दै गए

0
213

काठमाडौं ।

लामो समयदेखि कम्युनिष्टहरुले अमेरिकालाई सामाज्यवादी भन्दै आए । अहिले पनि साम्राज्यवादी भनेरै राजनीति गरिहेका छन् । त्यसकै पाठ विश्वलाई रुस र चीनले पढाउँदै आएका छन् । तर यथार्थ भने फरक भएको छर्लङ्ग हुँदै गएको छ ।

अहिले रुस र चीन साम्राज्यवादी बन्दै गएको स्पष्टै देखिएको छ । भन्न त अमेरिकाले जहाँ जहाँ पाइला चाल्यो वा सहयोगको हात बढायो त्यो देशलाई राज्य बनाउँछ भनेर रुस र चीनले पाठ पढाउँदै आएका छन् । तर के त्यो यथार्थ हो त ?

दृष्टान्तले त्यो बताउँदैन । वर्षौंंदेखि हाम्रो देशलाई तिम्रो ५१ औँ राज्य बनाइदेउ भनेर बिन्ति बिसाउने धेरै थिए । जनमत संग्रहबाट अमेरिकामा गाभिन्छौँ भन्दा पनि अमेरिकाले मानेन । पोर्टोरिको, गुआम, यूएस भर्जिन आइल्याण्ड, समोआले जति गर्दा पनि अमेरिकाले समाहित गरेको छैन ।

खासमा अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन र स्टेट पार्टनरशिप प्रोग्राममार्फत देशहरुलाई आफ्नो राज्य बनाउने भनेर ब्यापक चर्चा छ । त्यो चर्चा चलाउने अरु कोही नभएर कम्युनिष्ट देशहरु रुस र चीन नै हुन् । तर के तपाईलाई थाहा छ रुस र चीनले के गरिरहेका छन् ?

अहिले हेर्दा त अमेरिका हैन साम्राज्यवादी त रुस र चीन पो रहेछन् । रुसले स्वतन्त्र युक्रेनलाई आफ्नो देशमा गाभ्नकै लागि युद्ध गरिरहेको छ । गत फेब्रुअरी २४ देखि थालेको युद्ध अझै सकिएको छैन । थुप्रै युक्रेनी मारिसकेको छ भने भौतिक संरचनाको क्षति हेर्दा अबको केही दशक युक्रेन माथि उठ्नै नसक्ने गरी रुसले थिलोथिलो पारेको छ ।

त्यतिमात्र हैन चीन झन् खतरा बनेर आएको छ । तिब्बत, हङ्गकङ्गलाई कब्जामा लिएर नपुगेको चीनले ताइवान जस्तो स्वतन्त्र देशलाई पनि कब्जामा लिन खोजिरहेको छ । ताइवानको जनसंख्या दुई करोड ३० लाखको हाराहारीमा छ । ताइवानको छुट्टै शासन व्यवस्था छ । अलग्गै राष्ट्रपति छन् । तर यस्तो स्वतन्त्र देशलाई चीन भने तिब्बतजस्तै ठानिरहेको छ र कब्जामा लिन खाेजिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here